प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र इज्जत बढी


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडाैं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको भन्दा राजाकै बढी शान मान र इज्जत रहेको टिप्पणी गरेका छन् ।

विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको अन्तर्क्रियामा बोल्दै प्रचण्डले अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको बताएका हुन् ।

‘राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे भन्यो त्यो मात्र खुरुखुरु गरेको छ। यो भन्दा त राजा हुँदा नै बढी शान थियो। अहिले शान पनि छैन, मान पनि छैन र इज्जत पनि छैन,’ प्रचण्डले भने।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीका कारण राष्ट्रपति संस्थाको इज्जत, मान र प्रतिष्ठा गुमेको समेत बताए।

विपक्षी गठबन्धनका सम्बन्धमा उठेका जिज्ञासामा समेत उनले उनले एउटा प्रधानमन्त्री बनाउन र एउटा हटाउनकै लागि मात्रै गठबन्धन नबनेको जिकिर गरे । ‘यो संघर्ष संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको हो। सिस्टम बचाउने वा नबचाउने भन्ने लडाइँ हो। यसमा पाँचै दलमा समझदारी बनेको छ। यो प्रधानमन्त्रीका निम्ति भएको संघर्ष होइन,’उनले भने ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान