मन्त्रिपरिषद समावेशी बनाउन माग गर्दै प्रदेश २ सरकारविरुद्ध रिट दायर


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं

मन्त्रिपरिषद समावेशी बनाउन माग गर्दै प्रदेश २ सरकारविरुद्ध रिट दायर भएको छ। मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई सहभागी गराएर गरेको मन्त्रिपरिषद पुनर्गठन समावेशी नभएको भन्दै उच्च अदालत जनकपुरमा रिट दायर भएको हो।

जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद सुरू भएपछि मुख्यमन्त्री राउतले कांग्रेसलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका छन्।
कांग्रेसका तर्फबाट संसदीय दलका नेता रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह र ओमप्रकाश शर्मा सरकारमा मन्त्री बनेका हुन्।

अधिवक्ता राजकुमार महासेठले उच्च अदालत जनकपुरमा दायर गरेको रिटमा संविधानअनुसार समावेशी सिद्धान्तको आधारमा मन्त्रिपरिषद गठन गर्न उत्प्रेषययुक्त परमादेशको माग गरिएको छ।

‘मुख्यमन्त्रीज्यूको सिफारिशमा प्रदेश प्रमुखज्यूबाट विस्तार भएको मन्त्रिपरिषद सदस्यको जम्मा संख्या १२ (मुख्यमन्त्री सहित) रहेको छ । जसमध्ये मुस्लिम समुदायबाट १ जना, मधेशी समुदायबाट ११ जना रहेका छन्। ती ११ जनामध्येमा यादव थरबाट मात्र ५ जना रहेका छन् भने साह थरबाट २ जना र अन्य थरका ४ जना हुनुहुन्छ। मन्त्रिपरिषदमा जम्मा १ जना महिला मात्र राज्य मन्त्रीको रुपमा हुनुहुन्छ भने वाकी सवै मधेशी समुदायकै पुरुष रहेका छन्। विपक्षी प्रदेश प्रमुख र मुख्यमन्त्रीज्यूवाट गठन एव विस्तार भएको उक्त मन्त्रिपरिषदमा गैरमधेशी मूलसमुदायका सदस्य, दलित समुदायका सदस्य, थारु समुदायका सदस्य र अन्य अल्पसंख्यक सदस्यसमेत रहेका छैनन् भने महिला सदस्यलाई नामका लागि एउटा राज्यमन्त्रीको रुपमा समावेशी गर्दा पनि नीतिनिर्माणको हैसियतमा राखिएको छैन । यसरी विपक्षीबाट गठन भएको मन्त्रिपरिषद समावेशी समानुपातिक सिद्धान्तविपरीत रहेको प्रष्ट छ,’ रिटमा भनिएको छ।

विहीबार दर्ता भएको रिटउपर सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको अधिवक्ता महासेठले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले