उडान पुनः सुरु गर्ने तयारीमा जेट एयरवेज


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं–सन् २०१९ मा बन्द घोषणा गरिएको भारतको जेट एयरवेजले पुनः उडान सुरु गर्ने तयारी गरेको छ। भारतीय नियमन निकाय राष्ट्रिय कम्पनी ल ट्राइब्युनल (एनएलसीटी) ले उक्त एयरवेजलाई पुनः उडान सुरु गर्नका लागि कलरक जालान कन्सोर्टियमको योजनालाई स्वीकृति दिएको हो।

एनएलसीटीको मुम्बई बेन्चले नगर उड्डयन महानिर्देशनालय र नागरिक उड्डयन मन्त्रालयलाई २२ जुनदेखि ९० दिनका लागि जेट एयरवेजलाई टाइम स्लट उपलब्ध गराउन निर्देशन दिएको छ।

टाइम स्लट दिने विषयमा अन्तिम निर्णय लिने अधिकार नागरिक उड्डयन नियामक निकायलाई हुन्छ। तर यसबारेमा निर्णय लिन केही समय लाग्न सक्ने बताइएको छ।

गैरआवासीय भारतीय व्यापारी नरेश गोयलले सन्् १९९२ मा जेट एयरवेज स्थापना गरेका थिए। सन् १९९५ मा व्यवसायिक उडान सुरु गरेको यसले सन् २००४ देखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो।

सन् २०१६ को फेब्रुअरिमा आइपुग्दानपुग्दै जेट एयरवेजले भारतमा २१.२ प्रतिशत प्यासेन्जस मार्केटमा कब्जा थियो भने विश्वभरका ५५ भन्दा बढी गन्तव्यमा ३ सय उडान थियो।

तर अवस्था खराब हुँदै जाँदा र ऋणमा डुबेका कारण कम्पनी बन्द हुने अवस्थामा पुग्यो। २०१९ मा नरेश गोयल र उनकी पत्नी अनिता गोयलले बोर्ड अफ डाइरेक्टर्स पदबाट राजीनामा दिए। सोहीवर्ष अप्रिलमा एयरवेजको उडान बन्द गरियो। र, जेटलाई ऋण दिने संस्थाहरुले लिलामी प्रक्रिया सुरु गरे। जसलाई २०२० को अक्टुबरमा कलरक क्यापिटल र मुरारी लाल जालानले किनेका थिए।

२०१९ कोअप्रिलमा उडान बन्द गर्दा जेट एयरवेजसँग १२ विमान र ८ हजार ५ सय भन्दा बढी कर्मचारी थिए। यद्यपि यसका कति कर्मचारी छन् र विमान कति छन् भन्नेबारे यकिन तथ्यांक अझै सार्वजनिक भएको छैन।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज