रौतहटको मौलापुर नगरसभामा ओली-नेपाल पक्षबीच झडप, १४ राउण्ड हवाइ फायर


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका



रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ।

नगरसभालाई बिथोल्न विपक्षी समूहले अवरोध गरेपछि झडप भएको हो।

नगरसभा चलिरहेकै बेला विपक्षीले ढुंगामुढा गरेपछि झडप भएको प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १४ राउण्ड हवाइ फायर र २३ राउण्ड अश्रुग्यास प्रहार गरेको रौतहटका एसपी सिद्धिविक्रम साहले जानकारी दिए।

नेकपा एमालेका माधव नेपाल पक्ष र केपी शर्मा ओली पक्षबीच नगरपालिकामा द्वन्द्वका बीच नगरसभा भएपछि झडप भएको प्रहरीले जनाएको छ। पूर्वमन्त्री प्रभु साह प्रमुख अतिथि रहेको नगरसभामा माधव नेपाल पक्षले ढुंगामुढा गरेर अवरोध गर्न खोजेपछि दोहरो झडप भएको बताइएको छ।

परिषदको विरोध गर्ने र परिषद गर्ने पक्षबीच ढुंगा हानाहान भएको एसपी शाहले बताए।

झडपमा नेपाल प्रहरीको एकजना असईसहित पाँचजना, सशस्त्र प्रहरीको एकजना असईसहित तीनजना र झडप गर्ने समूहका तीनजना ढुंगा लागेर घाइते भएको उनले जानकारी दिए।

प्रहरीको प्रयासपछि झडप नियन्त्रणमा आइसकेको शाहले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज

उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य जे जति हल्ला व्याप्त भए पनि यस देशमा केही मानिस