सिफारिसमा लालमोहर लगाउन पूर्वराजा वीरेन्द्रभन्दा अघि राष्ट्रपति भण्डारी : वरिष्ठ अधिवक्ता दाहाल


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – वरिष्ठ अधिवक्ता हरिहर दाहालले सिंगो सत्तालाई राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय गर्न नसकेको तर्क गरेका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्दै वरिष्ठ अधिवक्ता दाहालले केपी शर्मा ओलीको चिठ्ठी नै नहेरी राष्ट्रपतिले पाँच मिनेटमै लालमोहर लाउने गरेको आरोप लगाए।

‘सिंगो सत्तालाई विद्या भण्डारीले न्याय गर्न सक्नुभएन। रातारात गर्नुहुन्छ। मिनेटमा सिध्याइदिनुहुन्छ। प्रधानमन्त्रीले सिफारिस गर्नेवित्तिकै ५ मिनेटमा केही विग्रिहाल्छ कि भनेर तुरून्त गर्नुहुन्छ। राजा वीरेन्द्रले त चार/पाँच दिन लाउँथे।’, उनले भने।

उनले रामवरणको पालामा सोच विचार गरेर निर्णय लिइने गरेको स्मरण गर्दै सेनापति रुकमांगत कटवाल केसमा अदालतले राष्ट्रपतिलाई फिर्ता पठाउँदा परामर्श गर्ने अधिकार छ भनेको कुरा उल्लेख गरे।

न्यायिक पुनरावलोकन न्यायपालिकाको निहीत अधिकार भएको भन्दै उनले संविधान बाहिरका कामकारबाहीमाथि जोसुकैलाई प्रश्न उठाउन पाइने अधिकार भएको बताए। ‘सेवा सुविधा ऐन दफा १६ मा राष्ट्रपतिविरूद्ध मुद्दा चलाइने छैन। तर, संवैधानिक सर्वोच्चता भएको हाम्रो मुलुकमा संविधानले दिएको अधिकार एक्सरसाइज गर्ने भन्ने छ। संविधान बाहिरका कामकारबाहीमाथि प्रश्न उठाउन पाइन्छ।’, उनले भने।

उनले ओलीलाई लक्षित गर्दै फट्याइँ गर्ने नि एउटा हद हुने बताए। ‘वैशाख २७ गते विश्वासको मत पाउनुभएन। ठूलो दलको हैसियतले अल्पमतको हुनुभयो। ३० दिनभित्र विश्वासको मत लिनुभएन। जेठ ६ मा विश्वासको मत पाउने दह्रो राजनीतिक आधार देखिएन भनेर जानुभयो। फट्याइँको नि एउटा हद हुन्छ नि। भोलिपल्ट ७ गते ५ बजेसम्म समय दिइयो। दाबी प्रस्तुत गर्न पुग्नुभयो। पहिला नै ओलीको दर्ता गरेपछि देउवाको लिइयो।’, दाहालले भने।

राष्ट्रपति ओलीको मात्र नभएर सिंगो नेपालीको भएको उनले बताए।

उनले अदालतलाई बुझाएको जवाफ पनि ओलीले झगडिया जसरी लेखेका आरोप लगाए। ‘दोहोरो हस्ताक्षर परेकाले दाबी पुगेन भनियो। बालुवाटार र शीतल निवासबीच टेलिकम्युनिकेसन भयो। फुत्त गएको छ। लिखित जवाफ झगडिया जसरी लेखेको छ। प्रतिनिधिसभाको रक्षा कवच ७६ (५) हो। ब्रह्मास्त्रले रक्षाकवचको काम गरेको छ। स्वतन्त्र हैसियतबाट पनि आउन पाइन्छ। निर्दलीय भन्ने तर्क जायज छैन।’, उनले भने।

दाहालले अन्तिम विकल्प भनेको ७६ को उपधारा ४ अनुसार विश्वासको मत लिएर ५ बमोजिम नियुक्त गर्ने भएको बताए।

‘१४९ जनाको हस्ताक्षर भएको सांसदको पत्रभन्दा बलियो आधार के हुन्छ?’, भन्ने प्रश्न गर्दै दाहालले भने, ‘जबकी प्रधानमन्त्रीले दलको र महन्थ र राजेन्द्रको हस्ताक्षरको पत्र बुझाएका छन्। दोहोरो परेको भनियो। तर, माधव-झलनाथले त ओलीलाई बनाउन हस्ताक्षर गरेका छैनन्। कसरी दोहोरो भन्नुभयो? उहाँले यो हेर्ने होइन?


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले