महन्थ-राजेन्द्र पक्षले बोलायो दल र कार्यकारिणी समिति बैठक


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) महन्थ-राजेन्द्र पक्षले विघटित संसदीय दलको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न महन्थ-राजेन्द्र पक्षले दलको बैठक बोलाएको हो।

बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बोलाइएको जसपाका एक नेताले जानकारी दिए। सर्वोच्चको पछिल्लो आदेश र विकसित राजनीतिक घटनाबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए।

सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका जसपा महन्थ–राजेन्द्र पक्षका ११ जना मन्त्री पदमुक्त भएका छन्।

महन्थ–राजेन्द्र पक्षले दलको बैठकसँगै कार्यकारिणी समिति बैठकपनि बोलाएको छ।

‘कार्यकारिणी समितिको बैठकपनि बोलाइएको छ, दलको बैठकपछि कार्यकारिणी समिति बैठक बस्छ,’ ती नेताले भने।

निर्वाचन आयोगलाई जवाफ पठाउने निर्णय गर्नका लागि महन्थ-राजेन्द्र पक्षले कार्यकारिणी समिति बैठक बोलाएको बताइएको छ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि आयोगले महन्थ-राजेन्द्र पक्षलाई १५ दिनभित्र जवाफ दिन पत्र पठाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा