चीनको स्पेस स्टेशनमा अन्तरिक्षयात्री सुतेपछि…


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – चीनको नयाँ स्पेस स्टेशनमा काम गर्ने अन्तरिक्षयात्रीको काममा दिउँसो सुत्नुपर्ने पनि समावेश गरिएको छ। स्पेस स्टेशनमा गएका आफ्ना तीन अन्तरिक्षयात्रीहरू निए हुयशेंग, लिउ बोमिंग र तांग होंगबोको भिडियो बुधबार चीनले सार्वजनिक गरेको छ। फुटेजमा उनीहरू हावामा उड्दै खानाको बट्टाका बीच सुत्ने तयारी गरिरहेका देखिन्छन्।

भिडियो तीनजना अन्तरिक्षयात्रीहरू तियान्हे स्पेस मोड्युलमा प्रवेश गर्नुभन्दा २४ घण्टा अगाडिको हो। उनीहरू अन्तरिक्षमा तीन महिना बिताउने छन्।

यसअघि सन् २०१६ मा चीनले शेन्जु स्पेस मिसन पूरा गरेको थियो। र, त्यतिबेला अन्तरिक्षयात्रीहरूले ३३ दिनसम्म स्पेस स्टेशनमा बिताएका थिए।

पछिल्लो पाँच वर्षमा चीनको यो पहिलो मानव स्पेश मिसन हो। यसलाई चीनको अहिलेसम्मकै सबैभन्दा लामो स्पेस मिसन भनिएको छ।

चीनको सरकारी प्रसारक सेन्ट्रल चाइना टेलिभिजनमा प्रसारित गरिएको भिडियोका अनुसार अन्तरिक्षयात्रीहरूको काम बिहान ८ बजे ग्राउन्ड कन्ट्रोलसँग कुरा गरेर सुरू हुन्छ। त्यसपछि उनीहरू राति ९ बजेसम्म काम गर्छन। र, दिनभर गरेका कामको जानकारी ग्राउन्ड कन्ट्रोललाई दिने गर्छन्।

सरकारी प्रसारकका अनुसार अन्तरिक्षयात्रीहरूलाई सप्ताहको एक दिन विदा दिइएको छ।

बुधबार चीनका राष्ट्रपति शी जिनपिंगले पाँच मिनेट अन्तरिक्षयात्रीसँग कुरा गर्दै उनीहरूलाई धन्यवाद दिएका थिए।

‘तीन महिना तपाईंहरू अन्तरिक्षमा बिताउनु हुनेछ। तपाईंहरूको काम र जीवन चीनका हरेक जनताको मुटुमा बसिरहने छ,’ जिनपिंगले भनेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले