विपक्षी गठबन्धनका विद्यार्थी संगठनले आज सरकारविरुद्ध प्रदर्शन गर्दै


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले आज सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन्। गठबन्धनआवद्ध पाँच विद्यार्थी संगठनले दिउँसो २ बजे सरकारविरुद्ध प्रदर्शन गर्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को अलोकतान्त्रिक र असंवैधानिक कदम चालेको भन्दै नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (माधव नेपाल पक्ष), जनता समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं संयुक्त रूपमा विरोध प्रदर्शन गर्न लागेका हुन्।

दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम रहेको विद्यार्थी संगठनहरूले जनाएका छन्।

कोरोनाबाट नागरिक आक्रान्त भइरहेको बेला सरकार एकपछि अर्को राष्ट्रघात, कुशासन, भ्रष्टाचारलगायतमा लिप्त रहेको उनीहरूले आरोप लगाएका छन्।

यसअघि बुधबार बसेको विपक्षी गठबन्धनको बैठकले सरकारविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको थियो। बैठकले संघर्षका कार्यक्रम तय गर्न कार्यदलसमेत बनाएको छ।

कार्यदलमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका नेता देव गुरुङ, जसपा नेता राजेन्द्र श्रेष्ठ र एमाले नेता भीम रावल छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक