प्रकाशकीय

प्रतिकूलतामा बनेको बलियो जग


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


आयोमेल डटकमले सञ्चालनको एक वर्ष पूरा गरेको छ। अहिले ठिक १० बजे वर्षीय चक्र पूरा हुँदा आयोमेलसँग जति उपलब्धी र अग्रगमनका आधार संग्रहित भए, त्योभन्दा धेरै चुनौती र झन् फराकिलो अग्रदृष्टि सम्मुख देखिन्छन्।

प्रविधिको अपार सुविधा, आकांक्षाको अपरिमित फैलावट र सूचनाकर्मको असीमित आवश्यकताबीच नयाँ–नयाँ समाचार पोर्टल खुल्ने–बन्द हुने क्रमलाई बजारले स्वाभाविकरूपमा लिइरहेका बेला आयोमेलको सुरुवात केही अस्वाभाविक थियो। किनकि, संसार कोरोना कहरका कारण बन्द भएर बसेको थियो, अर्थतन्त्र थला परेको थियो, मानव समाज ‘न्यु नर्मल’ भनेर हरेक नयाँ अनपेक्षित संकटसँग जुध्नुपर्ने अवस्थामा थियो। जसरी कुनै युद्धमा सूचना सामर्थ्य सघन तुल्याउन जरुरी हुन्छ, ठिक त्यसै गरी समाजले पनि महामारीसँग जुधिरहेका बेला झन् जुझारु, इमान्दार र तत्पर सञ्चारमाध्यमको खोजी गर्छ। यही तथ्यकै बोधबाट आयामेलको उत्पत्ति भएको हो, नेपाली सञ्चारबजारमा।

आयोमेलले आउँदाआउँदै ओम्नी प्रकरणको अन्तर्यलाई उधिनेर पाठकलाई आफ्नो कर्म–स्वभावको परिचय दियो। सशस्त्र प्रहरी बलभित्रको भ्रष्टाचारको जालोलाई दर्जनभन्दा बढी खोजी समाचारबाट उदांगो पार्‍यो। सुन प्रकरणका नखुलेका पाटा बाहिर ल्यायो। खोप कमिसन प्रकरणदेखि जसपा रिसोर्ट काण्ड, बालुवाटारमा बिएन्डसी कलेजका लागि भएको हत्कण्डादेखि अहिले चालु पशुपति भ्रष्टाचार शृंखलासम्म सबैखाले लुकेका–लुकाइएका खबरहरूमै आयोमेल केन्द्रित छ। दुनियाँले भ्रष्टाचार र बेथितिलाई सामान्य ठान्ने खतरा बढिरहेका बेला आयोमेलले त्यसविरुद्ध निरन्तर खबरदारी गरिरहेको छ। पत्रकारिताको आधारभूत दायित्व नै यही हो। आयोमेल यसबाट दायाँबायाँ हुन सक्दैन।

आयोमेल सुरु हुँदा यसको प्राथमिक चरित्रबारे धेरै जिज्ञासा थिए। आज पूरा भएको पहिलो वर्षले तिनको प्रष्ट र सभ्य जवाफ दिन सकेको हामीलाई लाग्दछ। अबका दिनमा यसकै जगमा निरन्तर र अग्रगामी हुनु हामीलाई विशेषतः पाठकवर्गकै अनवरत विश्वास जरुरी छ। आजको दिन हामीले पाठकलाई भन्नुपर्ने एउटैमात्र कुरा छ– असल सञ्चारकर्म चिन्नमा तपाईंहरू संसारमै अग्रणी हुनुहुन्छ। नभए, हामी कहिल्यै भाइरल बन्छु भनेर नलाग्दा, ‘इनअर्गानिक’ प्रगतिको आशक्ति नराख्दा पनि तपाईंहरूले हाम्रा सामग्री हजारौंको संख्यामा किन पो सेयर गर्नुहुन्थ्यो र? भर्खरै आएको अनलाइनका सामग्रीलाई टिपेर किन सामाजिक सञ्जालमा सशक्त संकथन चलाउनुहुन्थ्यो होला र? यसले हामीलाई जवाफदेही पत्रकारिताप्रति झनै प्रगाढतामा समर्पित तुल्याएको छ। यस्तो अमूल्य विश्वासका लागि हामी आदरणीय पाठकवृन्दप्रति कृत्यकृत्य छौं।   

आयोमेलले निष्पक्ष, निर्भिक र जिम्मेवार पत्रकारिताको अभ्यास गर्ने क्रममा विज्ञापन बजारमा समेत परीक्षित हुने मौका पाएको छ। कोहीप्रति कुनै राग–विराग नराख्ने, देखेको कुरा प्रमाण–भाँती पुर्‍याएर लेख्ने, व्यावसायिक सञ्चारकर्मीहरूकै गाँस जोडेर सञ्चालित मिडिया भनेर विज्ञापनदाताहरूले सम्मान र माया प्रकट गर्नुभएकामा हामी खुसी छौं। असल सूचना नमरोस् भनेर लेनदेनको भाव नराखी उहाँहरूले सामाजिक भावमा लगानी गर्नुभएकोमा धेरै–धेरै धन्यवाद छ। यसको लाभांश निजी क्षेत्रले प्रकारान्तरमा पाउँछ, असल समाजकै माध्यमबाट।

प्रिय सकल शुभचिन्तकवर्ग,

तपाईंहरूले भर गर्ने सञ्चारमाध्यम बनिरहँदा हामी हरेक अनुकूलतालाई थप प्रगति र योगदानमा बदल्न पछि पर्ने छैनौं। प्रतिकूलता हाम्रो जीवनशैली हो। अनुकूलता चाहिँ उन्नति। अहिले संसारै कठिनाइमा छ। तर, ठिक दिन आउँछन्। तपाईं र हाम्रो सहकार्यले सही नतिजा ननिकाली सुखै छैन।

धन्यवाद!

सुन्दर खनाल

अध्यक्ष

नेपइनसाइट मिडिया प्रालि


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।