विदेशीलाई संसारकै महँगो सहर बन्यो तुर्कमेनिस्तानको अस्गबाट


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


तुर्कमेनिस्तानको राजधानी अस्गबाट विदेशी कामदारका लागि संसारकै सबैभन्दा महँगो सहरको सूचीको पहिलो स्थानमा परेको छ। अस्गबाट गत वर्ष यो सूचीको दोस्रो स्थानमा थियो।

‘मर्सर’ नामक कन्सल्टेन्ट कम्पनीले प्रत्येक वर्ष तयार पार्ने ‘कस्ट अफ लिभिङ सर्भे’ अनुसार सन् २०२१ मा अस्गबाट पहिलो स्थानमा परेको हो। सर्भेले विश्वका २ सय ९ वटा सहरलाई सूचीकृत गरेको छ।

मर्सरले हाउजिङ (आवास), यातायात, खाना तथा मनोरञ्जन खर्च दाँजेर अमेरिकाको न्युयोर्क सहरलाई आधार मानी सूची तयार पारेको हो। गत वर्षको सूचीको पहिलो स्थानमा रहेको हङकङ भने यो वर्ष दोस्रो स्थानमा झरेको छ।

त्यसैगरी यो वर्षको सूचीमा लेबनानको बेरुत तेस्रो, जापानको टोकियो चौथो, स्वीजरल्यान्डको जुरिच पाँचौं, चीनको सांघाई छैठौं, सिंगापुर सातौं, स्वीजरल्यान्डको जेनेभा आठौं, चीनको बेइजिङ नवौं र स्वीजरल्यान्डकै बर्न दसौं महँगो सहरका रूपमा सूचीकृत भएका छन्। महँगा १० सहर अधिकांश व्यापारिक केन्द्र हुन्।

गत वर्ष २०२० को सूचीको पहिलो स्थानमा हङकङ, दोस्रो अस्गबाट, तेस्रो टोकियो, चौथो जुरिच, पाँचौं सिंगापुर, छैठौं न्युयोर्क, सातौं सांघाई, आठौं बर्न, नवौं जेनेभा र दसौं स्थानमा बेइजिङ परेको थियो।

तुर्कमेनिस्तानमा जारी वित्तीय संकटले खाद्यान्न अभाव र उच्च मूल्य वृद्धिका कारण पछिल्ला केही वर्षभित्र राजधानी अस्गबाटमा जीवनयापनको खर्च कसरी उच्च भयो भन्ने कारणलाई मर्सरले उल्लेख गरेको छ।

यद्यपि, गत वर्ष विश्वको ४५औं महँगो सहरमा सूचीकृत बेरुत भने यो वर्ष सिधै तेस्रो स्थानमा उक्लिएको छ। लेबनानको आर्थिक मन्दी र त्यसमाथि कोरोना भाइरस महामारी र बेरुत बन्दरगाहमा गत वर्ष भएको विष्फोटका कारण बेरुत महँगो सहरको तेस्रो स्थानमा उक्लिएको हो।

त्यसैगरी अमेरिकी डलरको तुलनामा युरो ११ प्रतिशतले मजबुत भएपछि युरोपेली सहरहरूले अमेरिकी सहरलाई पछाडि धेकलिदिएका छन्। यही कारण यो वर्षको महँगो १० सहरको सूचीबाट अमेरिकाको न्युयोर्क हटेको छ भने गत वर्ष ५०औं स्थानमा रहेको फ्रान्सको राजधानी पेरिस यो वर्ष ३३औं स्थानमा उक्लिएको छ।

महँगा सहरका चर्चासँगै सबैभन्दा सस्तो सहरको पहिलो स्थानमा किर्गिस्तानको बिस्केक, दोस्रो स्थानमा जाम्बियाको लुसाका र तेस्रो स्थानमा जर्जियाको टिबिलिसी परेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा