अमेरिकाले अनुदानमा खोप दिने देशको ‘लिस्ट’ बाट नेपालको नाम हटायो


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन प्रशासनले कोरोना भाइरसविरुद्ध भ्याक्सिन प्रदान गर्ने देशहरुको सूचिबाट नेपालको नाम हटाएको छ।

गरिब राष्ट्रहरुलाई अनुदानमा दिने भनेर गरिएको घोषणामा पहिले अमेरिकाले नेपालको नाम पनि उल्लेख गरेको थियो। तर, सोमबार खोप प्रदान गरिने सूचीबाट नेपालको नाम हटाइएको छ।

अमेरिकाको एक सञ्चार माध्यमका अनुसार दक्षिण अमेरिकाका राष्ट्रहरु ब्राजिल, अर्जेन्टिना, कोलम्बिया, ग्वाटेमाला, एल साल्भाडोर र हण्डुरसले १ करोड ४० लाख डोज भ्याक्सिन पाउने भएका छन् भने एसियाका राष्ट्रहरु अफगानिस्तान, पाकिस्तान बंगलादेश, भारत, ताईवान तथा फिलिपिन्सले १ करोड ६० लाख डोज प्राप्त गर्ने छन्।

बाँकी १ करोड ४० लाख डोज द्विपक्षीय सम्झौताका आधारमा माथि उल्लेखित देशसहित युक्रेन, दक्षिण अफ्रिका, नाइजेरिया, केन्या, घाना, इजिप्ट, इराक तथा पश्चिम तट प्यालेष्टिनमा जानेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक