युरोकप : इंग्ल्याण्ड र क्रोएसिया नकआउट चरणमा


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं – युरोकप फुटबलअन्तर्गत समूह ‘डी’ को खेलबाट इंग्ल्याण्ड र क्रोएसिया नकआउट चरण प्रवेश गरेका छन्। मंगलबार राति भएको खेलमा दुवै टोलीले जित निकाल्दै अर्को चरणमा स्थान सुरक्षित गरेका हुन्।

समूहको शीर्षमा रहेको इंग्ल्याण्डले चेक रिवब्लिकलाई १-० ले पराजित गर्यो। उसका लागि एकमात्र गोल १२ औं मिनेटमा रहिम स्टर्लिङले गरे। इंग्ल्याण्डले समूह चरणमा खेलेका तीन खेलमध्ये दुईमा जित निकाल्दा एक खेल बराबरी खेल्दै ७ अंक जोड्यो।

यता, समूहकै अर्को खेलमा स्कटल्याण्डलाई ३-१ ले पराजित गर्दै क्रोएसियाले नकआउट चरणमा स्थान बनायो। अन्तिम खेलमा जित आवश्यक रहेको समयमा उसले स्कटल्याण्डमाथि प्रभावशाली जित निकालेको हो। उसका लागि निकोला भिलासिच, लुका मोड्रिच र इभान पेरिसिचल गोल गरे। स्कटल्याण्डका क्यालुम म्याकग्रिगोरले एक गोल फर्काए।

तेस्रो स्थानमा रहेको चेक रिपब्लिकसँग समान ४ अंक भएपनि गोलअन्तरका आधारमा क्रोएसिया अर्को चरण प्रवेश गरेको हो।

Image


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको