‘ओलीयुग’को अन्त्य भएको छ : वरिष्ठ अधिवक्ता त्रिपाठी


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं। प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका २० जना मन्त्री पदमुक्त भएका छन्।

मन्त्रिपरिषद विस्तार गैरसंवैधानिक रहेको भन्दै दायर भएको रिटउपर सुनुवाइ गर्दै सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश जारी गरेको हो।

त्यो रिट दायर गर्ने व्यक्ति हुन्, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी।

प्रधानमन्त्री ओलीले जेठ २१ र २७ गते हेरफेर गर्दै मन्त्रिपरिषद विस्तार गरेपछि त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए।

त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले ‘जेठ २१ र २७ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूको थप नियुक्ति संविधान अनुकुल नभइ संविधानको मूल मर्म र भावनाविपरित देखिएको,’ भनेको छ।

सर्वोच्चको आदेशपछि वरिष्ठ अधिवक्ता त्रिपाठीले ओली युगको अन्त्य भएको प्रतिक्रिया दिएका छन्।

‘सर्वोच्चले संविधान बचाउने आदेश दिएको छ,’ आयोमेलसँग त्रिपाठीले भने, ‘यो आदेशले ओली युगको अन्त्य गरेको छ। उहाँको तानाशाही महत्वाकांक्षीमाथि पूर्णविरामपनि लगाएको छ।’

सर्वोच्चको आदेशले संविधान ट्र्याकमा आएको बताउँदै उनले गैरसंविधान काम गर्दा रोक्न अदालत छ भनेर दूर्गामी सन्देश पनि दिएको छ।

‘आदेशले आउने प्रधानमन्त्रीहरूलाई पनि संविधान र कानुन छ भन्ने सन्देश दिएको छ,’ उनी भन्छन्,‘गैरकानुनी काम गर्दा अदालतले त्यसको जवाफदेही हुन्छ भन्ने आदेशले प्रष्ट संकेत गरेको छ।’

आदेशले संविधानको सर्वोच्चता स्थापित गर्दै क्षविक्षत हुन लागेको संविधानको रक्षा गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले