१९ दिन नबित्दै टुंगियो सिंहरदबार यात्रा


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं

प्रतिनिधिसभा विघटनपछि नेकपा एमाले र जनता समाजवादी (जसपा) बाट मन्त्री बनेकाहरूको यात्रा १९ दिन नबित्दै टुंगिएको छ।
सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै नियुक्त भएको १९ दिनपछि उनीहरू पदमुक्त भएका हुन्।

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै मंगलबार सर्वोच्च अदालतले विस्तारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले प्रधानमन्त्री ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरेसँगै वर्तमान मन्त्रिपरिषदका १९ जना मन्त्री पदमुक्त भएका छन्।

‘प्रतिनिधिसभा विघटन भएको विशेष परिस्थितिमा प्रधानमन्त्रीको अध्यक्षतामा जे जुन अवस्थाको मन्त्रिपरिषद छ त्यही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्नेछ भनी स्पष्ट रूपमा किटानीका साथ उल्लेख भइरहेको परिप्रेक्ष्यमा तत्काल कायम रहेका प्रधानमन्त्रीले अन्य सामान्य अवस्थाको प्रधानमन्त्रीले जस्तो मन्त्रिपरिषद विस्तार गर्ने, थप गर्न सक्ने भनी संविधानको कुनै पनि धारामा उल्लेख नभएको र धारा ७७ (३) ले साविककै मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने भनी किटान गरिरहेको अवस्थामा ‘प्राइमा फेसी’ (प्रथम दृष्टिमै) रूपमै मन्त्रिपरिषदको विस्तार गर्ने वा थप गर्ने अधिकार प्रधानमन्त्रीमा देखिँदैन,’ आदेशमा भनिएको छ।

जेठ २१ र २७ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूको थप नियुक्ति संविधान अनुकुल नभइ संविधानको मूल मर्म र भावनाविपरीत देखिएको आदेशमा उल्लेख गरिएको छ।

‘निवेदनहरूको अन्तिम टुंगो नलाग्दासम्म प्रतिनिधिसभा विघटन हुनुअघि कायम रहेका उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल तथा मन्त्रीहरू कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्वाङ र लिलानाथ श्रेष्ठबाहेक अन्यलाई उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीको पदको कार्य नगर्नु नदिनू नदिलाउनू,’ आदेशमा भनिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित ९ जनाले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

ओलीले जेठ २१ गते एमालेका २ र जनता समाजवादी पार्टी(जसपा) का १० जना सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका थिए।

त्यसको एकसातापछि जेठ २८ गते ओलीले एमालेका ६ र जसपाका एक जनालाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका थिए।

सर्वोच्चको आदेशसँगै एमालेबाट उपप्रधानमन्त्री बनेका रघुवीर महासेठ र जसपाबाट उपप्रधानमन्त्री बनेका राजेन्द्र महतो पदमुक्त भएका छन्।

नेता महतोको नेतृत्वमा जेठ २१ गते जसपाबाट सरकारमा सहभागी भएका शरतसिंह भण्डारी, ऊर्जा जलस्रोत तथा सिंचाइ, अनिलकुमार झा खानेपानी, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमलप्रसाद श्रीवास्तव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकबाल मियाँ युवा तथा खेलकुदमन्त्री बनेका थिए।

जेठ २१ मै जसपा जसपाका चन्द्रकान्त चौधरी र रेणुका गुरुङलाई ओलीले राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

यसैगरी जेठ २७ गते दोस्रोपटक मन्त्रिपरिषद विस्तार गरेर ओलीले एमालेका खगराज अधिकारीलाई गृह, जसपाका राजकिशोर यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति, पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि, माओवादीबाट एमाले प्रवेश गरेकी ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी मन्त्रीमा नियुक्त गरेका थिए।

यस्तै नारदमुनी रानालाई वन तथा वातावरण, माधवनेपाल समूहका नेता गणेशकुमार पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन र मोहन बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको थियो।
आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।