ख्वप अस्पतालमा १८ वर्षमुनिका बालबालिकाका लागि आइसीयू र भेन्टिलेटर सञ्चालन गरिने


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


भक्तपुर–भक्तपुर नगरपालिकालले १८ वर्षमुनिका बालबालिकाका लागि आइसीयू र भेन्टिलेटर बनाउने भएको छ। नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई ध्यानमा राखी तेस्रो लहरमा बच्चाहरु पनि असर पर्ने देखिएकाले यस्तो व्यवस्था गर्न लागेको जनाएको छ।

नगरपालिकाले कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने सम्भावनालाई ध्यानमा राखी छुट्टै एकाइको बन्दोबस्त गरी कोभिड युनिटलाई निरन्तर तयारी अवस्थामा राखिनेसमेत जनाएको छ।

भक्तपुर नगरपालिका नगरप्रमुख सुनील प्रजापतिले नगरपालिकाले जोखिममा पर्नसक्ने १८ वर्षमुनिका बालबालिकाका लागि समेत आइसीयू र भेन्टिलेटरको व्यवस्था गर्ने तयारी गरेको जानकारी दिए। नीति तथा कार्यक्रममा भक्तपुर नगरपालिकाले च्याम्हासिंहमा निर्माण गरिरहेको ख्वप अस्पतालको भवन निर्माण कार्य सम्पन्न गरी आधुनिक स्वास्थ्य उपकरणसहित यसै वर्षदेखि संचालनमा ल्याउने र अस्पताललाई ‘जनताको अस्पताल’ को रुपमा विकास गरिने नगरप्रमुख प्रजापतिले बताए।

‘कोभिड रोकथाम र नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिंदै नेपाल सरकार र प्रदेश सरकारसँग समन्वय गरी सबै नगरबासीहरूको लागि खोपको व्यवस्था मिलाइने छ।’ उनले भने।

विपद व्यवस्थापन कोषमा आएको सहयोगबाट अस्पतालका लागि चाहिने स्वास्थ्य उपकरण खरिद गर्ने उनी बताउँछन। साथै ख्वप अस्पतालमा उत्पादित अक्सिजनहरु नगरबासीका लागि घरघरमा वितरण गर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज

उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य जे जति हल्ला व्याप्त भए पनि यस देशमा केही मानिस

मन्त्रिपरिषद् निर्णयः भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मंगलबारकाे बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई