योगको उत्पत्तिबारे ओलीको अभिव्यक्तिलाई यसरी उडाइँदैछ भारतमा


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं–प्रधानमन्त्री केपी ओलीले सोमबार योगको उत्पत्ति नेपालमा भएको र त्यतिखेर भारतको कुनै अस्तित्व नभएको जिकिर गरेपछि भारतीय सञ्चारमाध्यममा विभिन्न खालका प्रतिक्रिया आएका छन्। केहीले ओलीको भनाइप्रति आक्रोश व्यक्त गरेका छन् भने केहीले हाँसोमा उडाएका छन्।

बिबिसी हिन्दीले ओलीको अभिव्यक्तिप्रति पाठकको राय के छ भनेर सोधेकोमा एक घण्टा अवधिमा ९२९ कमेन्ट आएका छन्।

जसमा ओलीको भनाइलाई उडाउँदै ज्योतिप्रकाश गौरले लेखेका छन्–‘बिग ब्यांग थ्योरी काल्पनिक थियो। सत्य के थियो भने–पहिले नेपाल थियो, त्यसपछि आकाशगंगा र ब्रम्हण्ड सृष्टि भयो, तिनबाट पृथ्वी र आजकाल हामीले जे देखेका छौं त्यो आयो। नेपालबाट के के उत्पत्ति भयो भनेर अझै अनुसन्धान बाँकी छ।’

यस्तै, सचिन देशमुखले लेखेका छन्, ‘ओली जहिलेदेखि नेपालका प्रधानमन्त्री बने, भारतको विरोधमा छन्, यसको पछाडि चीनको षडयन्ब छ। तर यसको विपरीत परिणम नेपाल–भारत सम्बन्धमा अवश्य पर्नेछ।’

इन्जिनियर रन्जितसिंह नन्दवंशी भन्छन्, ‘ओलीसाहेब,जब भारत ‘भारत’ थिएन, नेपाल पनि ‘नेपाल’ थिएन, पूरा प्रायद्वीप स–साना राज्यमा बाँडिएका थिए।’

प्रफुल्ल प्रभाकर नामका व्यक्तिले लेखेका छन्, ‘बेकारको कुरा, योग र विपश्यना बुद्धको समयमा विकसित भयो, त्यो बेला नेपाल र भारत अलग–अलग देशको अस्तित्व नै थिएन।’

केहीले भने योगको उत्पत्तिका बेला भारतको अस्तित्व नभएको कुरा बताएका छन्। अनिल दुवे भन्छन्, ‘योगको उत्पत्तिका बेला भारतको अस्तित्व नभएको कुरा सही हो, तर महापुरक्ष कुनै देश, कालको परिधिमा बाँधिएका हुँदैनन्। योग खोज्ने महापुरुष भारत भूमिका जन्मिएका कुरामा कुनै सन्देह छैन।’’

डिआरराममिलन मिश्रा ओलीलाई यसरी उडाउँछन्, ‘ओली योगका प्रथम व्यक्ति हुन, जसले योगलाई जन्म दिए। अर्को शब्दमा योगका जन्मदाता ओली हुन्, जसको सम्बर्धन चीनले गरेको छ।’

भीपी दिलेन्द्र नामका व्यक्ति ओलीको कुरा सही हुनसक्ने बताउँछन्। उनले लेखेका छन्, ‘ओलीको कुरा सही हुनसक्छ। योग, शारीरिक, हठयोग पहाड, हिमालमा रहने साधुसन्तका तर्फबाट आयो । त्यहाँ योगी तपस्या गर्ने गर्थे। योग उनको देन हो।’

केहीले चाहिँ योगको उत्पत्ति कहाँ भन्ने ठूलो कुरा नभएको बताएका छन्। कुमार सन्जेस मणिले भनेका छन्, ‘योगको उत्पत्ति भारतमा भएको होस् या नेपालमा, यसले कुनै फरक पार्दैन, पर्छ त बढीभन्दा बढी योग गरौं, स्वस्थ रहौं।’

केही उडाउने खालका स्टाटस
ओलीका अनुसार एटम बमको खोज पनि नेपालमै पनि भएको थियो
विश्वमा योगा मोदीका कारण सुुरु भयो, त्यसअघि योगा नै थिएन।
नेपालमा मोमो र चाउमिन उत्पत्ति भएको थियो।
पहिले रामको जन्मस्थानको दाबी? अहिले योगको उत्पत्तिको दाबी, ठूला मान्छे हुन्, सही नै त भनेका होलान्।
ब्रम्हाण्डको उत्पत्ति नेपालमा भएको थियो, केपी ओली ब्रम्हाण्डका मालिक।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले