ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


हेलम्बु-

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा पार्ने सपना दिलबहादुरका हजुबारले देखे। बाले देखे । अनि, दिलबहादुर आफैंले देख्दै आए। पुस्तादेखिको सपना विपनामा परिणत हुनै लागेको थियो। दिलबहादुरले केही रकम दिने र साहुले केही जमिन दिने भएका थिए।

त्यो दिन थियो असार १। सोही दिन दिलबहादुरले पैसा दिने र लालपुर्जा पाउने दिन थियो। तर, त्यही दिन आएको बाढीले उनको सपना हावासरी बिलायो।

‘त्यहीदिन पैसा लैजाने भनिएको थियो, यस्तो घटना भयो, न लालपुर्जा आयो, न पैसाको कुरा भयो,’ उनले भने।

दिलबहादुर बगरमा परिणत भएको चिउरीखर्कको त्यो गाउँ सम्झिरहेका छन्।

चिउरीखर्कमा दिलबहादुरको खाद्यान्नको पसल थियो। अघिल्लो दिनसम्म सबै हाँसीखुसी, दुःखसुख आफ्नो जीवनको चक्रलाई अगाडि बढाइरहेका थिए।

मानिसहरुलाई के थाहा, २२ घरलाई मेलम्चीको बाढीले बगर बनाउँछ भन्ने ।

‘खाद्यान्नको होलसेलको ठूलो पसल थियो, अहिले आफैँ राहत थाप्नुपर्ने स्थिति आएको छ,’ उनी भावशून्य छन्। भन्छन्, ‘अहिले भिखारीजस्तै भइयो, जग्गा पनि छैन।’

अब चिउरीखर्क पहिलेजस्तै उठ्न १०–१५ वर्ष लाग्लाजस्तो उनलाई लागेको छ।

गाउँमा आएका राहत गैरपीडितले पाएकोमा उनको गुनासो छ। ‘क्षति नहुनेले राहत लगे, हामीले पाएनौं।,’ उनी भन्छन्। तै पनि सरकारले केही गरिदेला भन्ने उनलाई आशा लागेको छ।

चिउरीखर्ककै ओमाकुमारी बाढीको जोखिममा रहेको घरमा देखिइन्। उनी घरमा रहेका कुखुरालाई दाना हाल्न आएकी रहिछन्।

‘बिहानै उठेर हेर्न आएको, कुखुरालाई दाना पनि हाल्नु छ, मकै बाँदरले खान्छ, धपाउनै प¥यो,’ उनले भनिन्।

गाउँमा पहिराको डरले बेसी झरेकी उनलाई यता बाढीले लखेटेको छ। भन्छिन्, ‘बाँच्ने सहारा यही थियो, अब यही पनि गयो, कहाँ जाने, के खाने?’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपालीलगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न

गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)