हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण गरिनेछ


विचार
आयोमेल संवाददाता
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न

आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक


हेलम्बु–

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले बनाएको बताएका छन्।

बाढीग्रस्त क्षेत्रको निरीक्षणका लागि हेलम्बु आइपुगेका मन्त्री तामाङले तिम्बु, हल्दे, पियुल,चनौटे, ग्याल्थुम, तालामराङ बजार जोखिममा रहेकाले तिनीहरुको सुरक्षाका लागि सरकारले योजना बनाइरहेको बताए।

उनले हेलम्बुका पीडितले ‘राज्य हाम्रा लागि मरिसक्यो’ भनेर व्यक्त गरेको गुनासोका सम्बन्धमा केन्द्र सरकारकै प्रतिनिधिका रुपमा जनताको सुरक्षा, उद्दार र राहतका लागि सेना र प्रहरी खटिएको उल्लेख गरे।

तामाङले बाटोको समस्या भएको हेलम्बु १ मा छिटो बाटो पुर्‍याउने उल्लेख गर्दै त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताए। ‘अहिले हेलम्बुलाई सडकसँग जोड्ने क्रम सुरु भएकोछ, बस्तीहरुको सुरक्षाका लािग काम भइरहेको छ,’ उनले भने।

उनले सडक सम्पर्क हुन नसक्ने स्थानमा हेलिकोप्टरबाट खाद्यान्न पुर्‍याउने, जेनेरेटर पु¥याउने काम भइरहेको र बस्नका लागि अस्थायी टेन्टको व्यवस्था भइरहेको बताए।

‘तटीय क्षेत्रका जनतलाई बचाउन साइरन जडान गर्छौ, पहिरोको प्रकृति हेर्दा अझै खतरनाक ढंगले जोखिम रहेको पाएका छौं,’ उनले भने।

उनले मेलम्ची आयोजना अघि बढाउन चुनौती रहेको उल्लेख गर्दै सुरुङ जोगिएको र बाहिर सफा गरेर पानी राख्नुपर्ने आवश्यकता औंल्याउँदै मेलम्ची केहीसमयपछाडि धकेलिने बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न जरूरी नरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको

गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको