लुम्बिनी प्रदेशका जसपा सांसदहरूको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं

लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा) सांसदहरूको मुद्दा अब पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले लुम्बिनी प्रदेश सांसदहरूको रिट अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन निर्णय गरेको हो।

सर्वोच्च अदालतले यसअघि निलम्बित चारैजना सांसदहरूको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो।

पार्टीको निर्देशनविपरीत लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई जसपाले प्रदेश सांसदबाट पदमुक्त गरेको थियो।

उनीहरू पार्टी र प्रदेशसभा प्रमुखलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

जसपाले लुम्बिनीका चारै सांसदलाई असार ५ मा फेरि दोस्रोपटक स्पष्टीकरण सोधेको छ। प्रदेश सरकारले जेठ ३० गते प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पक्षमा संसदीय दलको निर्णयविपरीत मतदान गरेको भन्दै पाँच दिनको समयसीमा दिँदै जसपाले उनीहरूलाई स्पष्टीकरण सोधेको हो।

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशले यथास्थितिमा प्रदेशसभा सदस्य रहेको अवस्थामा पुनः दोस्रोपटक ह्विप उल्लंघन भएको भन्दै चारै जनालाई स्पष्टीकरण सोधिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज

उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य जे जति हल्ला व्याप्त भए पनि यस देशमा केही मानिस

मन्त्रिपरिषद् निर्णयः भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मंगलबारकाे बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई