बाढीपीडितलाई स्थायी रुपमै बसोबासको व्यवस्था गरिनेछ : निमाग्याल्जेन शेर्पा [अन्तर्वार्ता ]


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


गत असार १ गते आएको बाढीले हेलम्बु तथा मेलम्चीमा ठूलो धनजनको क्षति पुर्‍यायो। हेलम्बुको भ्रेमाथाङ चौरमा आएको पहिरोले मेलम्ची थुनिएपछि आएको बाढीले मेलम्ची बजारसम्मै क्षति पुर्‍यायो। बढी क्षति पुर्‍यायो हेलम्बुमा । यो गाउँपालिकामा मात्र ३ वटा मोटरेबल पुल, ७ वटा झोलुंगे पुल बगायो। अर्बौंको क्षति भयो। बाढीले हेलम्बुमा पुर्‍याएको क्षतिबारे गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पासँग आयोमेलकर्मी सृजना घिमिरेले हेलम्बुमा लिएको अन्तर्वार्ताकाे सम्पादित अंश-

बाढीले हेलम्बु गाउँपालिकामा धनजनको ठूलो क्षति पुर्‍यायो। यो स्थितिलाई गाउँपालिकाले कसरी अनुगमन गरिरहेको छ?
क्षति त तपाई‍ंहरुले पनि देखिहाल्नु भयो। अर्बौंको क्षति भएको छ। पुल छैन। एक बस्तीबाट अर्को बस्तीमा जाने ठाउँ छैन। संरचनाभन्दा पनि पहिले जनताको जीउज्यान बचाउनु मेरो प्राथमिकता हो। जनताहरुलाई सुरक्षित स्थानमा राख्नु हो। अब भूकम्पपीडितलाई जस्तो ५–१० वर्ष अस्थायी टहरामा राख्ने पक्षमा म छैन।

राहत सामग्री र बस्ने स्थानको टुंगो लगाउनेबित्तिकै पीडितहरुलाई स्थायी रुपमा कहाँ राख्ने भनेर टुंग्याइहाल्नुपर्छ। त्यसपछि संरचना पुनर्निर्माणमा लाग्छौं।

यसका लागि गाउँपालिकासँग स्रोतसाधन छ?
गाउँपालिकासँग स्रोतसाधन कम त छ। तर ‘तँ आँट, म पुर्‍याउँछु’ भनेर भगवानले भन्छन् रे।

बस्ती पुरानै लयमा फर्काउन तपाईंको योजना के छ ?
पीडितलाई बासका लागि टेन्टले मात्र धान्दैन। अर्को घर नबनुन्जेल कम्तीमा पनि ५–६ टिक्ने जस्ताको घर बनाइनेछ । त्यो सकिनेबित्तिकै स्थायी घर बनाइदिने काममा लाग्छु।

योजना बनाएपछि जनताले आफैं बनाउन थालिहाल्नुहुन्छ । त्यसपछि पुल तथा सडक निर्माण, जोखिमका बस्ती भत्काउने, वस्तीलाई सुरक्षित बनाउन पर्खाल लगाउनेजस्ता काममा लाग्छौं।

तपाईंले सुरुमै भन्नुभयो गाउँ–गाउँको सम्पर्कविच्छेद भएको छ। विद्युत सेवा अवरुद्ध छ। गम्भीर खालका बिरामी भए हेलिकोप्टरबाहेक अर्को विकल्प छैन। यसलाई व्यवस्थापन गर्न कसरी प्रभावकारी रुपमा काम गरिरहनुभएको छ?
यहाँ टावर हुँदा टेलिकमले चलाएन। यस्तो विपतको समयमा काम नआए टावरै चलाउन दिन्नँ भनेँ । अहिले एउटा टावरमा जेनेरेटर जोडिसक्यो। मेलम्चीघ्याङमा टावर राख्न जेनेरेटर पठाउँदैछ। त्यो भएपछि फोन चल्छ। जनताले समस्या पर्नेबित्तिकै हामीलाइ कल गर्छन्। म पूरा योजनासहित कसरी काम गर्ने भनेर अगाडि बढिरहेको छु।

यस्तै, बिग्रे भत्केका सडक क्रमशः गाडी चल्नसक्ने बनाइन्छ । भोटेचौर, हैबुङ, चित्रे हुँदै मेलम्ची सुरुङबाट तल आउने सडक जोडिइसक्यो। मेलम्चीतिरको बाटो अवरुद्ध भयो भने यो काम लाग्छ । त्यो बाटो सफा गरेर आजैदेखि गाडी चल्छ। विद्युतको पनि विकल्प खोजिँदैछ। मैले विद्युत कार्यालयलाई हेलिकोप्टरबाटै भए पनि कर्मचारी लगिदिन्छु भनेको छु। उहाँहरु ढिलोगरी जानु भएको छ। म यसको विकल्प खोज्दैछु। जति ठाउँमा विद्युत चलाउन सकिन्छ, चलाउँदै जाऊँ भनेको छु। त्यसैले यहाँका बासिन्दालाई अप्ठेरो पार्ने पक्षमा म छैन।

केन्द्र तथा प्रदेश सरकारले ध्यान दिएन भन्ने गुनासो छैन?
यसबारे मलाई छुच्चो नबनाउनुस्। केन्द्र सरकारलाई सोध्नुस्, प्रदेश सरकारलाई सोध्नुस्।

यो विपत्तीमा कत्तिको एक्लो महसुस गर्नु भएको छ भनेको।
नआएपछि एक्लो महसुस हुँदैन? कोही आएको छैन भनेर जनताले सोधिसके। हिजो बल्लबल्ल सिडिओ, एसपी साबहरु आए।

राज्यबाट उपेक्षित महसुस गर्नुभएको हो ?
म अर्काका बारेमा केही भन्नु भन्दापनि आफूले गर्ने दायित्व पूरा गर्नतिर लाग्छु।

पार्टीका कुराहरुले असर गरेको हो कि?
त्योचाहिँ उहाँहरुलाई सोध्नुपर्छ। म कुनै पार्टीको मान्छे होइन। सबै जनताले भोट दिएर जिताएको गाउँपालिकाको अध्यक्ष हुँ। यो पद रहुन्जेल म पार्टीकै होइन। संविधानले तोकेअनुसार म स्थानीय सरकारको नेतृत्व गर्ने व्यक्ति हुँ। कांग्रेस, एमाले, माओवादी जुनसुकै पार्टीको मान्छे भए पनि मेरा मान्छे हुन्।

राहत गैरपीडितले पाएर वास्तविक पीडितले नपाएको गुनासो सुनियो। खास कुरा के हो?
वास्तविक पीडितले राहत पाउनुपर्छ भन्ने पक्षमा म पनि छु। तर गाउँपालिका मातहतबाहेक बाहिर अरु संस्थाले बाँडेको राहत मेरो रेकर्डमा हुँदैन, गुनासो गर्न पाइदैन भनेर भनेको छु। यसरी गरिएका राहतवितरणको कार्य छिट्टै नियन्त्रणमा आउँछ । कुन संस्थाले कति सामग्री दियो, त्यसको रेकर्ड चाहिन्छ भनेर भनेको छु। फेरि यस्तो कुरामा म संवेदनशील पनि छु।

हेलम्बुमा मानवीय र भौतिक क्षति कति भयो ?
३ वटा मोटरेवल पुल र धेरै झोलुंगे पुल बगायो। अर्बौैंको क्षति भयो। अहिलेसम्म १६ जना बेपत्ता भएको रेकर्ड छ । त्यसबाहेक मेलम्ची खानेपानी सुरुडमा ३ नेपाली, ३ चिनियाँ र ३ भारतीय बेपत्ता भएका छन्।

हामी नेपालीको बानी तत्कालै चाहिहाल्यो भन्ने छ। तर सबै कुरा चरणबद्ध रुपमा गर्दै जाने हो। अहिले हामी खानेबस्ने व्यवस्था मिलाउँछौं। अनि बिस्तारै अन्य कुराहरु व्यवस्थापन गर्दै जान्छौं।

तिम्बुबजार, हल्दीलगायतका बजारहरु पनि धेरै जोखिममा रहेछन्। त्यस्ता जोखिमपूर्ण बस्ती सार्ने विषयमा केही सोच्नु भएको छ?
हो। त्यस्ता बस्तीलाई अझ सुरक्षित स्थानमा सारिनेछ।
बाढीको दोस्रो दिन म निजी हेलिकोप्टरमा खानेपानीको मुहानसम्म पुगें। त्यहाँ भ्रेमाथाङ नामको ठूलो चौर छ, पार गर्न पनि २ घण्टा लाग्ने। अवस्था सहज भएपछि त्यहाँको अवस्था अध्ययन गर्न म भूगर्भविद्हरुलाई लैजान्छु अध्ययन गर्न।

बाढीले गर्दा हेलम्बुको विकास ३०–४० वर्ष पछाडि पर्‍यो भनिन्छ नि?
म हेलम्बुलाई पछि पर्न दिन्न। बाढीबाट बिग्रे, भत्केका पुल, सडक पुनर्निर्माण गरिन्छ । अन्यत्र १ वर्षमा बन्ने झोलुंगे पुल यहाँ ३ महिनामै बनाइन्छ। बत्ती, टेलिफोन पनि पुनः सञ्चालन गरेपछि हामी कसरी त्यत्रा वर्ष पछाडि पर्छौं ?

प्रदेश सरकारसँग के अपेक्षा छ तपाईंको?
यो समयमा राजनीतिक भेदभाव गर्नुभएन। मात्र सोधिदिए पुग्छ।

बाढीपीडितलाई के भन्नुहुन्छ ?
परिवार गुमाएकाहरुलाई समवेदना छ । म सबै ठाउँमा पुग्न सकिरहेको छैन। त्यसैले रिसाउनु स्वाभाविक हो। पीडितका लागि गाउँपालिकाले सकेसम्म सहयोग गर्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपालीलगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न

गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)