धनुषामा एकसाता निषेधाज्ञा थपियो, निजी सवारीसाधनमा जोरबिजोर


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


जनकपुरधाम-

धनुषा जिल्लामा निषेधाज्ञा एकसाता थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको संयोजकत्वमा सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले एकसाता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

कोभिड व्यवस्थापन समितिको बैठकले निजी सवारी साधन (मोटरसाइकलसहित) ट्याक्सी र टेम्पो जोरबिजोर गरी सञ्चालन गर्न पाइने निर्णय गरेको छ।

निर्णयअनुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सवारीसाधन सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए।

यसैगरी आवश्यकीय पसलहरू दिउँसो तीन बजेसम्म सञ्चालन गर्न दिने भएको छ। भीडभाड हुन नदिई आलोपाली गरी विद्यालयहरूमा पुस्तक वितरणको व्यवस्था गर्न सकिने निर्णय समितिको बैठकले गरेको छ।

सरकारी, अर्ध सरकारी कार्यालय, स्थानीय तह एवं संस्थानहरूले भीडभाड हुन नदिई आलोपालो गरी नियमित सेवा सञ्चालन गर्ने भएका छन्। यसैगरी बैंक तथा वित्तीय संस्थाहरूलाई नियमित सेवा सञ्चालन गर्न भनिएको छ।

निषेधाज्ञाको आदेश सोमबार राति १२ बजेदेखि लागु हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा