भारतीय सेनामा नेपाली महिलाको भर्ना : किन बन्यो विवादित?


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – भारतीय सेनामा नेपाली महिला भर्ना सम्बन्धी मामिला व्यापक चर्चामा आएको छ। काठमाडौंस्थित भारतीय दूतावासको वेलफेयर शाखाले जारी गरेको एक सूचना सामाजिक सञ्जालमा भाइरल भएपछि यसले चर्चा पाएको हो। नेपालका नेता र जानकारहरूले यसबारे प्रतिक्रिया दिएका छन्।

यद्यपि, भारतीय सेनाले सूचना संशोधन गर्दै यो जागिर नेपाली महिलाका लागि नरहेको भन्दै खण्डन गरेको छ।

के थियो विज्ञापनमा?

भारतीय सेनाले २८ मे मा सयजना महिला सैनिक भर्ना गर्न विज्ञापन आह्वान गरेको थियो। त्यो जानकारी भारतीय सेनाको वेबसाइटमा ४ जुनमा सार्वजनिक गरियो।

भर्नासम्बन्धी सूचनामा भनिएको थियो,‘सबै गोरखा (नेपाली र भारतीय) का लागि कक्षा १० उत्तिर्ण हुन अनिवार्य छ।’ भर्ना सम्बन्धी सूचनाको विवरणबाट १० कक्षा उत्तिर्ण नेपाली महिलापनि भारतीय सेनामा भर्ना हुन आवेदन दिनसक्ने प्रष्ट हुन्छ।

नेपाली भाषामा विज्ञापन अनुवाद गरेर सामाजिक सञ्जालमा राखिएपछि यो विषय चर्चामा आएको थिए। यसलाई भुपू परिवार नामक फेसबुक पेजले सेयर गरेको थियो। त्यो फेसबुक पेजका सदस्यहरू पूर्वभारतीय गोरखा सैनिकहरू हुन्।

सूचनामा ‘नेपाली महिलाले आवेदन दिनसक्ने छन्। तर, शैक्षिक योग्यताको स्थानमा कक्षा १० उत्तिर्ण नेपाली गोरखा’ उल्लेख गरिएको छ।
यो जानकारी बाहिर आएपछि नेपाललाई जानकारी नै नगराई भारतीय सेनामा नेपाली महिलालाई भर्ना गरिरहेको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरू भएको थियो।

कतिपयले भने यसलाई नेपाली महिलाका लागि अवसरको रूपमासमेत हेरेका थिए।

तालिम केन्द्रले गरेको थियो प्रचार

सामाजिक सञ्जालमा जानकारी फैलिएपछि गोरखा रेजिमेन्टमा बहाली गराउन युवाहरूलाई प्रशिक्षण दिने तालिम केन्द्रले पनि यसको प्रचार गरेको थियो। प्रचार प्रसारहुँदा तालिम लिन आउनेको संख्या बढ्ने उनीहरूको उद्देश्य थियो।

सामाजिक सञ्जालमा विरोध

नेपालमा यसको चौतर्फी विरोध भयो। र, यसलाई सबैले भारतको अनुचित कदम बताए। नेपाल सरकारले पनि विरोध गरेर यसबारे आफूहरूलाई कुनै जानकारी नरहेको प्रष्टिकरण दियो।

नेकपा एमालेका नेता भीम रावलले सामाजिक सञ्जाल ट्विटरमा भारतको यो कदम सम्झौताको उल्लंघन रहेको भन्दै विरोध गरे।

‘सार्वभौम देशले आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ती गर्दैनन्। सम्झौतालाई मिचेर नेपाली महिलालाई विदेशी भाडाका सैनिक बनाउन हुन्न भन्दा महिलालाई दास बनाउने भनी प्रश्न गर्नेहरूले नेपाली महिलालाई विदेशी सेनाको दासमात्र होइन नेपाललाई नै बाह्य शक्तिको दास बनाउन चाल किन नबुझेको हो,’ रावलले ट्विटमा भनेका छन्।

भारतीय सेनाले सच्यायो गल्ती

नेपालमा चर्को विरोध हुनथालेपछि भारतीय सेनाले २८ मे मा जारी गरेको विज्ञापनमा सुधार गरेको छ। १५ जुनमा गल्ती सच्याएर भारतीय सेनाले ‘भारतीय गोरखालाई भर्ना गरिने’ बताएको छ।

विदेशी सेनामा नेपाली महिला

हालसम्म नेपालका कुनैपनि महिला विदेशी सेनामा सामेल छैनन्। यद्यपि, भारतीय र ब्रिटेनमा बसोबास गर्ने नेपालीभाषी महिला भने ती देशहरूमा सेनामा काम गरिरहेका छन्।

ब्रिटेनले २०२० मा गोरखा रेजिमेन्टमा नेपाली महिलालाई सामेल गराउने आफ्नो निर्णय सार्वजनिक गरिसकेको छ। ब्रिटिस सरकारको त्यो निर्णयको नेपालमा व्यापक विरोध भएको थियो। संसदीय समितिले परराष्ट्र मन्त्रालयलाई यसलाई लागू नगर्न निर्देशन दिएको थियो। बिबिसीबाट


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज