डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्नै मुस्किल


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


कञ्चनपुर – भीमदत्त नगरपालिका–१२ की ६८ वर्षीया हेमादेवी केसी ऐरीघाट नजिक घर बनाएर बसेको चार दशक वितेको छ। महाकाली नदीको बाढीले कहिल्यै डुवानमा नपरेको सो बस्ती यो वर्ष वर्षातको सुरुवातमै डुवानमा परेको छ।

बाढीले छिमेकीसहित उनको घरसमेत डुवानमा परेको छ। ‘यो भन्दा पहिले हाम्रो बस्तीमा बाढी आउँदैनथ्यो। चार लेनको सडक बनाउने क्रममा महाकाली नदीमा जथाभावी बाँध बाँधेकाले हाम्रो बिचल्ली भयो’, उनले भनिन्, ‘दुई दिनदेखि त्रिपालमा बसिरहेको छुँ।’ बस्ती पूरै डुवान हुँदा पनि सहयोगका लागि कोही नआएको उनको गुनासो छ।

‘दिनभरी मजदूरी गरेर साँझ-बिहान हातमुख जोर्ने जोहो मिलाएका थियौं। सबै बाढीले बगाएर लग्यो’, एरीघाटका अर्का बाढी पीडित जयसिंह चैसिरले भने, ‘अब के खाने र कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ।’ चुनावका बेला भोट माग्न प्रायः सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता आउने भएपनि अहिले कसैले पनि वास्ता नगरेको उनको गुनासो छ।

महाकाली नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर पानी बस्तीमा पसेको हो। सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयवासीको भनाइ छ। ‘बाँध निर्माण गरेका बेला नै खोला थुनिन्छ भनेका थियौँ। त्यतिबेला कसैले सुनेनन्’, प्रमोद भट्टले भने, ‘अहिले बस्ती नै डुवानमा परेको छ।’

बस्तीका २० घरभित्र दुई फिटसम्म पानी जमेपछि त्यहाँका बाढीपीडितहरु अर्काको घरमा शरण लिएर बस्दै आएका छन्। कतिपय बाढी पीडित त्रिपाल मुनि बस्न बाध्य भएका छन्। जोखिम अवस्थामा रहेका केही परिवारलाई वडा कार्यालय र नजिकको विद्यालयमा राखिएको छ। ‘घरभित्र बाढी पस्यो खाद्यान्न तथा लत्ताकपडा सबै बगाएर लग्यो। बालबच्चदेखि सपरिवार हिजोदेखि भोकै छौँ’, भट्टले भने, ‘भुजेला खोलाको पानीको निकास नखोजिए यसवर्ष हाम्रो उठिबास हुन्छ।’

महाकालीको प्रभाव क्षेत्रबारे राम्रो अध्ययन नगरी काम गरिएकाले डुबानको स्थिति सिर्जना भएको भीमदत्तनगर–१२ का वडाध्यक्ष कृष्णसिंह देउवाले बताए। नदीको बाढीले निर्माणाधीन पुल नजिकको बाँधमासमेत कटान सुरु गरेको छ। अहिलेसम्म बाँधमा झण्डै १० मिटर कटान गरिसकेको छ। कटान नियन्त्रण गर्न आपतकालीन तटबन्धको काम थालिएको छ। असार पहिलो सातामै बाढीले यति दुःख दिएकोमा स्थानीयवासी चिन्तित भएका छन्।

महाकाली नदीमै बालुवा-गिट्टी चालेर जिविका चलाउँदै आएका तौला रानाकोसमेत बाढीको पानीले घरभित्र राखेको सबै खाद्यान्नलगायत सामग्री भिजाएको छ। नदीमा पानी बढेपछि रातिमा सुत्न नसकेको उनले बताए। ‘नदीको पानी यसरी कहिल्यै पनि बस्तीमा छिरेको थिएन’, उनले भने, ‘यो वर्षको सुरुमै पूरै बस्ती डुवानमा पर्यो। परिवारको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ।’

पहाडी क्षेत्रमा वर्षा हुने क्रम रोकिएसँगै महाकाली नदीको बहाव अहिले घट्दो अवस्थामा छ। नदीमा पानीको सतह घटेपनि डुवानमा परेका परिवारको सबै खाद्यान्न भिजेर कामै नलाग्ने अवस्थमा रहेकाले उनीहरुलाई साँझ बिहानको छाक टार्न अप्ठेरो परेको छ। वडा र नगरपालिका कार्यालयबाट कोही पनि राहत लिएर नपुगेको डुवान पीडित परिवारको गुनासो छ। रासस


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा