युरोकप : समूह ‘ए’ बाट इटाली र वेल्स अन्तिम १६ मा, स्विटजरल्याण्डले कुर्नुपर्ने


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं – समूह ‘ए’ बाट इटाली र वेल्सले अन्तिम १६ (नकआउट चरण) मा आफ्नो स्थान सुरक्षित गरेका छन्। तेस्रो स्थानमा रहेको स्विटजरल्याण्डले भने केही समय पर्खनुपर्ने भएको छ।

आइतबार राति भएको खेलमा हार बेहोरेपनि वेल्सले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो। उ इटालीसँग १-० ले पराजित भएको थियो। इटालीका लागि एकमात्र गोल ३९ औं मिनेटमा म्याटियो पेस्सीनाले गरे।

इथान एमपाडुले ५५ औं मिनेटमा रातो कार्ड खाँदै मैदान छोड्नुपर्दा वेल्स १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि उसले सम्हालिएको खेल प्रस्तुत गर्दै डिफेन्सिभ रणनीति अपनाएको थियो। जसका कारण १-० को झिनो अन्तरलेमात्र उ खेल हार्न पुग्यो।

यता, स्विटजरल्याण्डले टर्कीलाई ३-१ ले पराजित गरेपनि उसले अन्तिम १६ मा स्थान बनाउने वा नबनाउने भन्ने निर्णय हुन केही समय पर्खनुपर्ने भएको छ। दोस्रो स्थानमा रहेको वेल्ससँग समान अंक भएपनि गोलअन्तरका आधारमा स्विटरजरल्याण्ड तेस्रोमा रहन पुग्यो।

प्रत्येक समूहका शीर्ष दुई टोलीले सोझै अन्तिम १६ मा स्थान बनाउँदा समूहका तेस्रो स्थानमा रहेकामध्ये उत्कृष्ट चार टोलीले पनि अन्तिम १६ मा स्थान बनाउने छन्। तर, त्यसका लागि स्विटजरल्याण्डले केही समय पर्खनुपर्ने छ।

आइतबार भएको खेलमा स्विटजरल्याण्डका लागि सकिरीले दुई (२६ औं र ६८ औं) गोल गर्दा ह्यारिस सेफेरोभिचले एक गोल ( छैठौं मिनेटमा) गरे। टर्कीका इर्फानले ६२ औं मिनेटमा एक गोल फर्काए। टर्कीले समूहका तीनै खेलमा पराजय बेहोर्दै अंकविहीन रह्यो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको