२४४२ संक्रमित थपिए, ५१ को मृत्यु


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं–नेपालमा २४ घण्टामा २ हजार ४४२ कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ६ हजार ६७७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार ४२१ जनामा र ४ हजार २४९ जनाको एन्टिजेन परीक्षण गरिँदा १ हजार २१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, २४ घण्टामा नेपालमा ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७२६ पुगेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४८ कोरोना संक्रमित फेला परेका छन्। जसमा काठमाडौंका ४५०, भक्तपुरका २५ र ललितपुरका ५३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशैभर सक्रिय संक्रमितको संख्या ५५ हजार ५३६ रहेको छ। देशभर सक्रिय संक्रमितको संख्या कम हुँदै गए पनि १४ जिल्लामा सक्रिय संक्रमित बढ्दै गइरहेका छन्। तिनमा प्रदेश १ मा उदयपुर, पाँचथर, तेह्थुम, भोजपुर र संखुवासभा तथा बागमतीमा दोलखा, नुवाकोट र रसुवामा बढ्दै गइरहेको छ।

त्यस्तै, गण्डकी प्रदेशमा बाग्लुङ र मुस्ताङ, लुम्बिनी प्रदेशमा रोल्पा, कर्णाली प्रदेशमा जुम्ला, डोल्पा, रुकुम पश्चिम र सुदूरपश्चिम प्रदेशमा बाजुरा जिल्लामा सक्रिय संक्रमित बढ्दै गइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।