सुईको डर : १० प्रतिशतले लगाएनन् कोरोनाविरुद्धको खोप


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – सुईको डरका कारण १० प्रतिशतले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ। बेलायतको अक्सफोर्ड कोरोना भाइरस एक्सप्लेनेशन एटिट्युड एण्ड न्यारेटिभ्स सर्वेले गरेको अध्ययनमा सुईको डरले विशेष गरेर युवा तथा अल्पसंख्यकले खोप नलगाउने गरेको पाइएको छ।

१५ हजार बढीमा गरिएको अध्ययनअनुसार १० प्रतिशतले सुईको डरका कारण खोप नलगाएको बताएका थिए। उनीहरुले अहिले आफूले नलगाउने पछि के हुन्छ थाहा नभएको बताएका थिए। सहभागीले पछि हिम्मत आएपछि लगाउनसक्ने बताएका थिए।

सुई लगाउने कुरा सुन्नेवित्तिकै केहीको ब्लड प्रेशर घट्न थाल्छ भने केही त बेहोससमेत हुने गरेका छन्। कसैमा प्रेशर बढ्न थाल्छ भने केहीमा अत्यधिक पसिना आउन थाल्छ। अनुसन्धानकर्ताले यसलाई ‘निडल फोविया’ भएको बताए।

सुईप्रतिको डरले बेलायतमा मात्र होइन अधिकांश देशमा केहीले खोप नलागाएका अनुसन्धानकर्ताले बताएका छन्। यसले कोरोना नियन्त्रणमा थप चुनौती पैदा गरेको उनीहरुको विश्वास छ।

अनुसन्धानकर्ताले यस्तो समस्याबाट पार पाउन ‘कग्निटिभ विह्याभिओरल ट्रिटमेन्ट’ आवश्यक रहेको बताएका छन्। जसमा बिरामीलाई स्वास्थ्यकर्मीले उसको व्यवहार बुझ्दै मानसिक रुपमा सुईका लागि तयार गर्नुपर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक