सुनको भाउ चार दिनदेखि ओरालो


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं-

बहुमूल्य पहेँलो धातु सुनको भाउ चार दिनदेखि निरन्तर ओरालो लागेको लाग्यै छ। आज आइतबार पनि ८ सयले घटेर तोलाको ९० हजार रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल (२४ क्यारेट) सुनको भाउ गत शुक्रबार १ हजार २ सयले घटेर तोलाको ९० हजार ८ सय, बिहीबार १ हजार १ सयले घटेर ९२ हजार र बुधबार १ सयले घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो।

त्यसैगरी तेजाबी (२२ क्यारेट) सुनको भाउ चार दिनदेखि घटिरहेको छ। आज आइतबार ७ सय ५० रुपैयाँ घटेर तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार १ हजार २ सयले घटेर ९० हजार ३ सय, बिहीबार १ हजार १ सयले घटेर ९१ हजार ५ सय र बुधबार १ यसले घटेर ९२ हजार ६ सय कायम भएको थियो।

त्यस्तै चाँदीको भाउ भने तीन दिनयता घटिरहेको छ। आज आइतबार १५ रुपैयाँले गिरावट आएर तोलाको १ हजार २ सय ९० कायम भएको छ। गत शुक्रबार ३५ ले घटेर १ हजार ३ सय ५ र बिहीबार २० ले घटेर १ हजार ३ सय ४० कायम भएको थियो। तर, बुधबार भने पाँच रुपैयाँ बढेर १ हजार ३ सय ६० पुगेको थियो।

छापावाल सुन जेठ ३० मा ९३ हजार ९ सय, ३१ मा ९३ हजार २ सय, असार १ मा ९३ हजार २ सय, २ मा ९३ हजार १ सय, ३ मा ९२ हजार र ४ मा ९० हजार ८ सय रुपैयाँ थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले