काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ को तयारी, तीन जिल्लाका प्रजिअको बैठक बस्दै


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं – काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ को तयारी गरिएको छ। स्मार्ट लकडाउन अहिलेको जारी लकडाउनभन्दा खुकुलो हुने बताइएको छ। लकडाउनबारे छलफल गर्न आज उपत्यकाका तीनै जिल्लाका (काठमाडौं, भक्तपुर र ललितपुर) प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्दै छ।

अब उपत्यकामा जारी निषेधाज्ञा थप गरी पेशा, व्यावसाय चलाउन दिने निर्णय हुने सम्भावना रहेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले असार ७ गतेपछि स्मार्ट लकडाउन गरिने र यसमा आर्थिक क्षेत्र चलायमान हुने गरी विभिन्न पेशा तथा व्यवसायलाई मापदण्ड अपनाउँदै खुला गरिने बताए। उनले निजी सवारी साधन पनि जोर-विजोरका आधारमा सञ्चालन हुनसक्ने तर, यसबारे निर्णय भइनसकेको र आज बस्ने बैठकमा थप छलफल हुने बताए। प्रजिअ निरौलाले जनस्वास्थ्यका मापदण्डको पालनामा कडाइ गर्दै विभिन्न क्षेत्र खुकुलो गरिने बताए।

जारी निषेधाज्ञा सातदेखि १० दिनसम्म थप हुनसक्ने उनले बताए।

पछिल्लो पटक थपिएको निषेधाज्ञामा किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान ११ बजेसम्म खोल्न दिइएको छ। यसैगरी गाडी मर्मतका लागि वर्कसपहरु पनि खुला गरिएको थियो। यस्तै कृषिजन्य सामग्री ओसारपसार, बैंक/वित्तीय संस्था, सहकारी, रेमिट्यान्स, निर्माण सामग्रीका मालवाहक सवारी, टेक अवे र होम डेलिभरी, अनलाइन सपिङ पनि खुला गरिएको थियो।

वैशाख १६ गतेबाट जारी निषेधाज्ञाअसार ७ गते पछि सकिँदैछ। सो अवधिमा संक्रमण दर घटेपनि जोखिम कायम रहेको भन्दै स्वास्थ्य विज्ञहरूले तत्काल निषेधाज्ञा नखोल्न सुझाव दिइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।