युरोकपमा जर्मनीको पहिलो जित, दुई आत्मघाती गोलले पोर्चुगल निराश


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – युरोकपमा जर्मनीले पहिलो जित निकालेको छ। पहिलो खेलमा फ्रान्ससँग पराजित भएको जर्मनीले शनिबार राति भएको खेलमा
पोर्चुगलमाथि ४–२ को प्रभावशाली जित निकालेको हो।

एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै जर्मनीले खेल आफ्नो पक्षमा पारेको हो। पोर्चुगलले दुई गोल आत्मघाती गरेको थियो। जर्मनीविरुद्धको खेलमा पोर्चुगलको डिफेन्स केही कमजोर देखिएको थियो त्यसैको फाइदा जर्मनीले उठायो।

तर, खेलमा अग्रता भने पोर्चुगलले बनाएको थियो। उसका लागि क्रिस्टियानो रोनाल्डोले १५ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि पहिलो हाफमा पोर्चुगलको दुई आत्मघाती गोल मद्दतमा जर्मनीले अग्रता बनायो। पहिलो आत्मघाती गोल ३५ औं मिनेटमा रुबेन डायसले गर्दा त्यसको चार मिनेटपछि अर्को आत्मघाती गोल राफेलले गरे।

त्यसपछि पहिलो हाफमा जर्मनी २-१ ले अघि रह्यो। त्यसपछि ५१ औं मिनेटमा जर्मनीले तेस्रो गोल थप्यो। यसपटक कै हाभर्जले गोल गरे। त्यसको नौ मिनेटपछि जर्मनीले चौथो गोल पनि थप्यो। यसपटक रोविन गोसेन्सले गोल गरे। पोर्चुगलका डियगो जोटाले ६७ औं मिनेटमा दोस्रो गोल फर्काएपनि त्यो खेलमा फर्कन पर्याप्त रहेन र पोर्चुगल जारी प्रतियोगिताको समूह ‘एफ’ को खेलमा पहिलो हार बेहोर्न बाध्य भयो।

फ्रान्स ४ अंकसहित समूहको शीर्ष स्थानमा छ। जर्मनी र पोर्चुगलको ३–३ तथा हंगेरीको १ अंक छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको