देउवालाई निधिको चुनौती : सभापतिमा मेरो उम्मेदवारी हुन्छ


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा



काठमाडौं

१४ औं महाधिवेशनमा पनि सभापति उठ्ने तयारी गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उपसभापति विमलेन्द्र निधिले आफू पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन्।

देउवा निवास बूढानीलकण्ठमा शनिबार भएको भेटमा निधिले देउवालाई यस्तो बताएका हुन्। शनिबारदेखि महाधिवेशन अभियान सुरू गरेका देउवाले प्रदेश १ र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने आफूपक्षीय केन्द्रीय सदस्यलाई बोलाएर छलफल सुरू गरेका छन्।

बूढानीलकण्ठमा भएको भेटमा उपसभापति निधि, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, जंगीलाल राय र शम्भुलाल श्रेष्ठलगायतका नेताहरू सहभागी थिए।

देउवाले आफू सभापतिमा उठ्ने तयारी गरेकोले बढी संख्यामा महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गरेका थिए।
निधिले सभापति देउवालाई ‘तपाईं नलड्नुस् म लड्छु’ भन्ने जवाफ दिएका थिए।

देउवाले ‘सभापतिमा लड्ने तपाईंको अधिकार हो लडे हुन्छ,’ जवाफ दिएका थिए।

निधिले आफू लामो समयदेखि एउटै टिममा रहेकाले देउवाकै समर्थनमा सभापति लड्न चाहेको बताएका थिए।

‘तपाईंसँगको लामो सम्बन्धको आधारमा सहयोग मागेको छु, सहयोग गर्नुस्,’ निधिको भनाइ उदृत गर्दै भेटमा सहभागी एक नेताले भने,‘तपाईंको उम्मेदवार भनेर लड्न चाहेको छु, प्रस्तावक र समर्थक बनिदिनुस्।’

निधिले प्रधानमन्त्री बन्ने चाहना राखेको भन्दै देउवालाई त्यसका लागि आफूले सहयोग गर्ने बताएका थिए।

‘तपाईं प्रधानमन्त्री बन्न चाहनुभएको छ, प्रधानमन्त्री बन्नुुस्। मेरो पूरा सहयोग रहने छ,’ निधिले भनेका थिए,‘सभापतिमा लड्ने मेरो चाहना रहेको तपाईंलाई सुरूमै भनिसकेको छु। मलाई सहयोग गर्नुुस्।’

उनले सभापति देउवालाई सभापतिमा चुनाव लड्ने तयारीबारे पुनर्विचार गर्न आग्रहसमेत गरेको बैठकमा सहभागी ती नेताले बताए।

‘सभापतिजीले म आफैं चुनाव लड्छु यही मेरो अन्तिम निर्णय हो भन्नुभयो,’ ती नेताले भने,‘उपसभापतिजीले पनि म भिड्छु यो मेरो अन्तिम निर्णय हो भन्दै त्यहाँबाट निस्कनु भयो।’

त्यसअघि प्रदेश १ का नेताहरूसँग देउवाले भेट गरेका थिए।

भेटका क्रममा ज्ञानेन्द्र कार्की, मीन विश्वकर्मालगायतका नेताहरूले टिममा सहमति जुटाउन देउवालाई आग्रह गरेको बताइएको छ।

‘विमलेन्द्रजीपनि सभापतिमा लड्ने बताइरहनु भएको छ, सहमित गरेर अगाडि बढ्नु उपयुक्त हुन्छ,’ ती नेताहरूको भनाइ उदृत गर्दै स्रोतले भन्यो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले