हेलम्बुका बासिन्दाको आक्रोश–हाम्रो लागि त राज्य मरिसक्यो


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


हेलम्बु

हेलम्बु २ का बाबुराम भण्डारीका कान्छा छोरा माधवले स्थानीयस्तरमा सहयोगीको पहिचान बनाएका थिए। कसैलाई अप्ठेरो पर्दा सहयोग गर्न उनै अघि सर्थे ।

असार १ को राति छिमेकीको माछा फार्ममा भल पसेको सुने उनले । त्यहाँ पनि सघाउन उनै गए। बाबुराम पनि छोरा पछिपछि लागे।

त्यो बेलासम्म बाढीको कुनै संकेत थिएन। त्यसैले सम्भावित प्राकृतिक विपत्तीबाट बेखबर भएर उनीहरु सघाइरहेका थिए।

यत्तिकैमा एक्कासी आएको बाढीले बाबुरामको छेवैबाट माधवलाई बगायो।

बाबुराम चिच्याउनबाहेक केही गर्न सकेनन्। निरुपाय थिए।

असार १ गते राति आएको मेलम्चीको हेलम्बुको वडा नम्बर २ मा तहसनहस बनायो। एकै ठाउँमा उभिएका २० घरको नामोनिसान भएन।

गाउँको बीचमा रहेको बाबुरामको घर अब नदीको छेवैमा पुगेको छ। छेउतिरबाट मेलम्चीले निरन्तर धक्का दिइरहेको छ। कतिखेर बगाउने हो थाहा छैन।

मेलम्चीले कटान गर्नै लागेका घरअगाडि बाबुराम भण्डारी।

हेलम्बुमा अवस्था यस्तोसम्म छ कि अघिल्लो साँझ भएको घर भोलिपल्ट हुँदैन । हेलम्बु प्रहरी कार्यालयको अवथा त्यस्तै भयो। प्रहरी कार्यालय शनिबार बिहान ढल्यो।

गत पुसमा उद्घाटन भएको प्रहरी कार्यालयमा प्रहरीहरुले मुस्किलले ५ महिनामात्र बिताउन पाए।

असार १ को बाढीले हेलम्बु तहसनहस बनायो। जनधनको क्षति भयो। मानिसहरुका दैनिकी रोकिए। कति घरमा क्षति भयो भन्नेसम्म तथ्यांक संकलन हुन सकेको छैन।

बाढी आएको भोलिपल्टदेखि आकाशमा दैनिक ५० हेलिकोप्टर उड्ने गरेका छन्। तर यी बाढीपीडितलाई सोध्ने कोही छैन। मानिसहरुका भीड फगत रमिते बनेका छन्।

‘अहिले पनि नदीले कटान रोकेको छैन, कतिखेर के हुन्छ, थाहा छैन,’ बुढाथोकी भन्छन्, ‘अहिलेसम्म राज्यका प्रतिनिधिले के भयो भनेर सोधेका छैनन्।’

यहीकारण सरकारसामु उनीहरुको आक्रोश छ।

त्यही आक्रोश उनीहरुले हेलम्बुको स्थितिबारे स्थलगत जानकारी राजधानीबाट पुगेका पत्रकारसामु पोखे। ‘यो गाउँका लागि राज्य मरिसकेको छ,’ उनीहरुले भन्छन्। स्थानीय सरकारसँग पनि उस्तै आक्रोश छ।

बाबुरामको घर वडा कार्यालयअगाडि छ। उनीसँगै रहेका अरुका घर पनि अहिले हो कि भोलि बगाउने हो भन्ने अवस्था छ । घरमा सामान सार्नसमेत सकेका छैनन्। यस्तोमा पनि राज्यका निकायको भर नपाउँदा उनीहरु निराश देखिएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज