महन्थ ठाकुरले फर्जी दस्तावेज खडा गरे : उपेन्द्र पक्ष


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं

जनता समाजवादी पार्टी (जसपा) काे उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगमा फर्जी दस्तावेज बुझाएको आरोप लगाएको छ।

‘कार्यकारिणी हेरफेर, प्रमाणीकरण तथा पार्टीको आधिकारिक पत्राचारको अधिकार’ ठाकुरलाई दिएको भन्ने फर्जी निर्णय निर्वाचन आयोगमा बुझाइएको उपेन्द्र पक्षले आरोप लगाएको हो।

जसपाभित्र विवाद बढ्दै गएपछि महन्थ पक्षले २०७७ पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले जसपाको कार्यकारिणी समिति हेरफेर तथा पुनर्गठनसम्बन्धमा ठाकुरलाई अधिकार प्रत्यायोजन गरेको भन्दै असार १ गते कार्यकारिणी समिति हेरफेर गरिएको जानकारी आयोगमा बुझाएका थिए।

पुस ७ गतेको निर्णयलाई आधार बनाएर ठाकुरले पूर्वराजपाका ६ र पूर्वसमाजवादी तर्फका १४ जनालाई हटाएर २० जनालाई नयाँ सदस्य मनोनित गरिएको भन्दै अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।

तर, उपेन्द्र पक्षले हुँदै नभएको निर्णयलाई निर्णय भएको भनि झुटा विवरण किर्ते र जालजासी गरेर निर्वाचन आयोगमा पत्र दर्ता गराएको दाबी गरेको छ।

‘पुस ७ गतेको बैठकमा केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुर्नगठन गर्ने अधिकार महन्थ ठाकुरलाई दिने प्रस्ताव कार्यसूचीमै थिएन र त्यस्तो कुनै निर्णयपनि भएको छैन,’ जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले,‘हुँदै नभएको निर्णयलाई किर्ते र जालजासी गरी महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन्।’

निर्वाचन आयोग, पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले नक्कली बैठक पुस्तिका तयारी गरी गरिएको कार्य अनैतिक, गैरकानुनी तथा दण्डनीय रहेको उनको भनाइ छ।

पुस ७ गते बसेको जसपा कार्यकारिणी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटको कदमविरुद्ध आन्दोलनको कार्यक्रममात्र घोषणा गरेको खतिवडाले बताए।

पुस ७ गतेको बैठकपछि जसपाले जारी गरेको विज्ञप्ति र अन्तरपार्टी परिपत्रमा पनि प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा देशका विभिन्न स्थानमा खटाइएका नेताहरूको विवरणमात्र उल्लेख गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले