चर्चामा नेपालगन्जका दुई मेयर : गुप्तालाई एउटा गुटले समात्यो, धवल आफ्नै पार्टीमा ‘मिनिमाइज’


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडाैं

देशमा यतिबेला राजनीतिक दलहरु एकले अर्को समूहलाई कारबाही गर्ने, दलले सांसद हटाउने र अदालतले थमौती गर्ने, निर्वाचन आयोगले वैध र अवैध करार गर्ने गतिविधि तीव्र रुपमा बढेका छन् ।

थप चर्चाको विषय बनेको छ प्रदेश सरकारको फेरबदल पनि । विधि प्रक्रिया मान्ने हो भने संवैधानिक ब्यवस्था,ऐन कानुनको अन्तिम ब्याख्या अदालतबाटै हुने हो ।

तर के यतिबेला त्यसो भईरहेको छ त ? प्रश्न जटिल बन्दै गईरहेको छ । जति जटिल प्रश्न छ उत्तर अनुत्तरित पनि छन्, विवादित पनि । विभिन्न राजनीतिक दलहरुले एक अर्कालाई कारबाही गरेका समाचारले राजनीतिक दलहरुको चरित्रमाथि प्रशस्तै प्रश्नचिन्ह खडा गरेका छन् । दलका नेताहरुको क्षमता र नैतिकतामा नागरिकले प्रश्न तेर्स्याएका छन् ।

देशमा विभिन्न राजनीतिक दलको आन्तरिक ‘किचलो’का बीच बाँकेको नेपालगन्जका दुई अनुहार चर्चामा छन् ।

एक हुन् नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्सेर राणा र नेपालगन्ज नगरपालिका हुँदाका बखत २०४९सालताका मेयर रहेका अधिवक्ता विजय गुप्ता । यतिबेला मेयर डा.राणा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रतिनिधित्व गर्छन् ।

अधिवक्ता गुप्ता जनता समाजवादी पार्टीका नेता हुन् । यसबीच पछिल्लो व्यवस्थाअनुसार नेपालगन्जका पूर्वमेयर गुप्तालाई उनको दलले (एक समूह-जनता समाजवादी विवाद) राष्ट्रिय कार्यकारिणी परिषदमा ‘पदोन्नति’ गरेको छ ।

उता मेयर डा.राणालाई उनको पार्टीले ‘मिनिमाईज’ गर्दै शुक्रबार गठन गरेको केन्द्रीय विशेष समितिमा स्थान दिएन ।

यी दुई पात्र नेपालगन्जको राजनीतिक वृत्तमा चर्चाको शिखरमा छन् । यी दुवै पात्रको चरित्र दल बदल्नेका रुपमा पनि हेर्ने गर्छन् नेपालगन्जवासीहरु।

२०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट तत्कालीन नगरपालिकाको मेयर बनेका डा.राणा दोस्रो चरणको स्थानीय तह निर्वाचनमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उप-महानगपालिकाको मेयरमा विजयी भए ।

मेयर डा.राणाको भनाइ र गराइमा फरक हुन्छ । निर्वाचनअघि तलव भत्ता नलिने घोषणा गरेका राणाले तलबभत्ता लिन छाडेनन् । उनले तलब भत्ता लिन्छन् तर सामाजिक कार्यका नाममा ‘भेष्टेड ईन्ट्रेष्ट’ भएको काममा लगाउँछन् । नलिने भए रकम राज्य कोषमा नै फिर्ता गर्न सक्नु पर्थ्यो भन्ने विषय चर्चामा आउँछ बेलाबखत।

२०४९ सालमा नेपाली काँग्रेसका तर्फबाट मेयर जितेका अधिवक्ता गुप्तालाई २०४८ सालमा न्यायाधीश बन्ने अवसर थियो तर उनले राजनीतिको बाटो समाते।

उतिबेला मेयर भईसकेका गुप्ताले नै नेपालगन्जको विकासको खाका बनाएको सम्झनछन् पत्रकार विजय बर्मा । उनी थप्छन्-‘विकासको जग बसाल्ने मेयर गुप्ता नै हुन्,जो खासमा नेपालगन्जीया हुन् ।’

बर्मा भन्छन्-‘नेपालगन्ज नगरपालिकाको प्रमुख भएका बेला गुप्ताले नै न्यूरोड, रानी तलाउ र वाटरपार्कका योजनासहितका थुप्रै काम अघि बढाएका थिए ।’

पत्रकार बर्माले स्मरण गरे-‘पुर्वमेयर गुप्ता यहाँको संस्कृति,भाषा,परम्परा र विकासका लागि चिन्तन गर्ने ब्यक्ति हुन्। तर मेयर डा.राणा नेपालगन्जका लागि टुरिष्ट मेयर हुन्।’

यी दुवै पात्रको समान आकांक्षा सांसद हुनु पनि छ । पछिल्लो पटक संघीय संसदको निर्वाचनमा राजपाबाट विजय गुप्ता उम्मेदवार थिए ।

मेयर डा.राणा २०६४ सालमा भएको संविधान सभा सदस्यमा राप्रपाबाट प्रत्यासी थिए,नतिजा उनको पक्षमा गएन । २०७० सालमा संसदमा लडेका डा.राणाले फेरि चुनाव हार्नु पर्‍याे।

अहिलेसम्म मेयर डा.राणा र पूर्वमेयर गुप्ताले संसदीय निर्वाचन जित्न सकेका छैनन् ।

अर्को समानता यी दुवै जना आ–आफ्नो पार्टीको उपल्लो पदमा पुगिसकेका पनि छन् । अधिकार र विचारको विषयमा गुप्ता खरो उत्रन्छन् भने मेयर डा. राणा पदका लागि महत्वाकांक्षी देखिन्छन् ।

विचारमा भिन्नता आएकाले गुप्ताले कांग्रेसबाट तराई-मधेसका मुद्दा सम्बोधन हुन नसक्ने भन्दै पार्टी परित्याग गरि मधेसको अधिकारका लागि लड्ने बाटो समाते। उता मेयर डा. राणा पद हासिल गर्ने महत्वाकांक्षाले दल बदल्दै यहाँसम्म आईपुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले