डेनमार्क र आयरल्याण्डले दिए स्वास्थ्य सामग्री


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा



काठमाडौं–डेनमार्क र आयरल्याण्डले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री दिएका छन्। युरोपियन युनियन (ईयु) का यी सदस्य राष्ट्रहरुले कोभिडको दोस्रो लहरविरुद्ध लड्न उक्त सामग्री उपलब्ध गराएका हुन्।

डेनमार्कले प्रदान गरिएका स्वास्थ्य सामग्रीहरुमा २६ वटा भेन्टिलेटर, ५० वटा नासल अक्सिजन क्यानल्स्, ९६ हजार फेस शिल्ड्, ९२ हजार गाउन र ९२ हजार एफ्एफ्पीटुमास्क रहेको छन् । ती सामग्रीहरु यही असार ३ गते पहिलो चरणमा ल्याइएको थियो भने बाँकी सामग्री शनिबार नै नेपाल ल्याइँदैछ । यस्तै आयरल्याण्डले पनि ७२ वटा अक्सिजन कन्सन्ट्रेटर, १२ वटा बिपिएपी एयर फ्लो मेसिन, ४४ वटा भेन्टिलेटर, ४०० वटा पल्स् अक्सिमिटर, ५० वटा रेस्पिरेटरी मोनिटर, ५० वटा डिफिब्रिलेटर, १०० वटा थर्मामिटर, ७२८ वटा अक्सिजन रेगुलेटर, ३९८ एयर रेगुलेटर, दुई लाख एक हजार ६०० वटा फेस् शिल्ड् र १० लाख आठ हजार सर्जिकल मास्क उपलब्ध गराएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ईयुकी राजदूत नोना डेप्रे र नेपालका लागि डेनमार्कका महावाणिज्यदूत हरि धरेलले हस्तान्तरण गरेका हुन्। यो सहयोग नेपाल सरकारबाट सहयोगका लागि पछिल्लो पटक आह्वान भएपछि प्रदान गरिएको हो। सो अवसरमा मन्त्री तामाङले कोभिड १९ विरुद्ध लड्दै गरेको नेपाललाई एक्यवद्धतास्वरुप आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्र्ने इयुका सदस्य राष्ट्रहरुप्रति नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे।

कार्यक्रममा ईयुकी राजदूत डेप्रेले इयु यो सहयोग नेपाललाई आवश्यक भएको तथा आपतको बेला निरन्तर जारी रहेको बताइन्। उनले भनिन्, ‘यो महामारीको सुरुवातदेखि नै टिम युरोप नेपालसँगै उभिएको छ र यस किसिमको सहयोग गर्न हामी तयार छौँ । सबैजना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन।’

महावाणिज्यदूत धरेलले दुई देशबीच लामो समयदेखि मैत्री सम्बन्ध रहिआएको र नेपालको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको डेनमार्कले विगतका प्राकृतिक विपद्का समयमा पनि सहयोग गरेको र यसपटक पनि कोभिडविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराइदिएकामा डेनमार्क सरकारप्रति आभार व्यक्त गरे। यसअघि स्पेन, फिनल्याण्ड, फ्रान्स, बेल्जियम र जर्मनी, स्लोभेनिया, अष्ट्रिया र माल्टा पनि नेपाललाई विभिन्न चिकित्सा सामग्री सहयोग गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले