म्यानमारका सेनालाई हतियार आपूर्ति नगर्न राष्ट्रसंघको आग्रह


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – संयुक्त राष्ट्रसंघले म्यानमारका सेनालाई हतियार आपूर्ति नगर्न अन्य मुलुकहरूलाई आग्रह गरेको छ।

म्यानमारमा भएको सैन्य ‘कू’ को प्रतिक्रियास्वरूप संयुक्त राष्ट्रसंघले त्यहाँका सेनालाई हतियार आपूर्ति नगर्न आग्रह गरेको हो।

राष्ट्रसंघको महासभाले म्यानमारका निर्वाचित सरकारलाई सत्ताच्युत गर्ने कदमको निन्दापनि गरेको छ। त्यहाँको सेनाले गत फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेको थियो।

राष्ट्रसंघले निर्वाचित नेत्री आङ सान सू चीसहितका राजनीतिक बन्दीलाई मुक्त गर्न र शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध हिंस्रक दमन बन्द गर्न पनि आह्वान गरेको छ।

कानुनी रूपमा बाध्यकारी नभएपनि राष्ट्रसंघको प्रस्तावलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

म्यानमारका लागि राष्ट्रसंघीय विशेष दूत क्रिस्टिन श्रानर बुर्गनर भन्छिन्,‘ठूलो गृहयुद्धको जोखिम छ। ढिलो भइसकेको छ। सैन्य कदमलाई फिर्ता गर्ने अवसर साँघुरिएको छ।’

म्यानमारका सेनालाई हतियार आपूर्ति बन्द गर्ने प्रस्तावमा राष्ट्रसंघको महासभामा ११९ देशले समर्थनमा मतदान गरेको थियो भने बेलारूसमात्रै विपक्षमा उभिएको थियो। रूस र चीनसहितका अन्य ३६ देश मतदानमा सहभागी भएनन्।

राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्यसमेत रहेका रूस र चीन म्यानमारको सेनाका लागि हतियार आपूर्ति गर्ने देशहरू हुन्।

दक्षिण एसियाली देशमध्ये नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेश र श्रीलंकाले मतदान गरेका थिएनन्। तर, अफगानिस्तान र माल्दिभ्सले भने प्रस्तावको पक्षमा मतदान गरेको थियो।

मतदानमा सहभागी नभएका देशहरूले म्यानमारको पछिल्लो राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला बताएको छ।

राष्ट्रसंघमा निर्वाचित सरकारको प्रतिनिधित्व गर्ने म्यानमारका राजदूत जो मु टुनले उक्त प्रस्ताव पारित गर्नका लागि महासभाले लगाएको समयका कारण आफू निराश भएको बताउँदै त्यो ‘कम प्रभावकारी’ प्रस्ताव भएको बताएका छन्।

फेब्रुअरीमा सैन्य ‘कू’ गर्दा म्यानमारको सेनाले गतवर्ष नोभेम्बरमा सम्पन्न निर्वाचनमा अनियमितता भएको दाबी गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप