भारतीय चर्चित एथलेट मिल्खा सिंहको निधन, पाँच दिनअघि बितेकी थिइन् श्रीमती


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं – भारतका चर्चित एथ्लेट मिल्खा सिंहको निधन भएको छ। उनको शुक्रबार राति निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना संक्रमणबाट केही दिनअघिमात्र ठीक भएका सिंहको चण्डीगढस्थित अस्पतालमा निधन भएको हो।

९१ वर्षीय सिंहमा संक्रमण देखिएपछि पिजिआइएमइआरमा भर्ना गरिएको थियो। उनको अवस्था शुक्रबारदेखि नै निकै गम्भीर भइसकेको थियो। अनेक प्रयासकाबीच पनि चिकित्सकले उनलाई बचाउन सकेनन् र उनको राति पौने १२ बजे निधन भयो।

पाँच दिनअघि संक्रमणकै कारण उनकी श्रीमती निर्मला मिल्खा सिंहको पनि निधन भएको थियो।

फ्लाइङ सिखका नामले पनि चर्चित सिंह भारतका एकमात्र त्यस्ता एथलेट हुन जसले ४ सय मिटर दौडमा एसियाली खेलकुदका साथ कमनवेल्थ खेलमा पनि स्वर्णपदक जितेका थिए।

सन् १९५८ मा टोकियोमा भएको एसियाली खेलमा सिंहले २ सय मिटर र ४ सय मिटरमा स्वर्ण जितेका थिए भने १९६२ मा जकार्तामा भएको एसियाली खेलकुदमा ४ सय मिटर र चार गुणा ४ सय मिटर रिले दौडमा स्वर्ण जितेका थिए।

सन् १९६० को रोम ओलम्पिकमा उनी ४ सय मिटर दौडमा उनी केही अन्तरले मात्र कांस्य पदक जित्नबाट चुकेका थिए। सो ओलम्पिकमा उनले उक्त दूरी ४५.७३ सेकेन्डमा पूरा गरेका थिए। उनी जर्मनीका एथलेट कार्लभन्दा केही मिलिसेकेन्डमात्र पछि परे। उनको यो राष्ट्रिय रेकर्ड अघिल्लो ४० वर्षसम्म कसैले तोड्न सकेन।

उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।