भारतमा कोरोनाको तेस्रो लहर आगामी अक्टोबरमा आउने अनुमान


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – भारतमा कोरोना संक्रमणको तेस्रो लहर आगामी अक्टोबरमा आउने अनुमान गरिएको छ। समाचार संस्था रोयटर्सकाअनुसार स्वास्थ्य विशेषज्ञको टोलीले भारतमा तेस्रो लहरबारे अनुमान गरेको हो।

तर, तेस्रो लहरले दोस्रो जति भयावह रुप नलिने अनुमान पनि विशेषज्ञको टोलीले गरेको छ। यसलाई नियन्त्रण गर्न सकिने टोलीले बताएको छ। तर, विशेषज्ञको टोलीले महामारी आगामी एक वर्षसम्म पनि खतरनाक रहने उल्लेख गरेको छ।

४० स्वास्थ्य विशेषज्ञको टोलीबीच गरिएको अनुसन्धानमा खोपले आगामी लहरलाई प्रभाव पार्ने जसले संक्रमणको अवस्थालाई भयावह हुनबाट रोक्ने बताइएको छ।

अनुसन्धानमा सहभागी ८५ प्रतिशत विशेषज्ञले आगामी लहर अक्टोबरमा आउने बताएपनि तीन विशेषज्ञले भने महामारीको लहर अगस्टको सुरुवातदेखि नै आउनसक्ने अनुमान गरेका छन् भने अन्य तीनले नोभेम्बरदेखि फेब्रुअरीसम्ममा आउने बताएका छन्।

७० प्रतिशत विशेषज्ञले अब आउने जुनसुकै लहरले पनि पहिलेजति असर नपुर्याउने बताएका छन्।

एम्सका निर्देशक डा. रणदीप गुलेरियाले भने, ‘अब आउने लहर नियन्त्रित हुनेछ र यसले कममात्रै असर पुर्याउने छ। किनकि त्यतिन्जेलसम्म धेरैले खोप लगाइसकेका हुनेछन्। साथै दोस्रो लहरबाट धेरैमा प्राकृतिक इम्युनिटी आइसकेको हुनेछ।’

केही विशेषज्ञले अब आउने लहरले १८ वर्षमूनिकालाई बढी असर गर्नसक्नेतर्फ पनि संकेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज