कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशनको संशोधित कार्यतालिकालगायत विभिन्न प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

संशोधित कार्यतालिकानुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ। यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० भित्र र क्रियाशील सदस्यताका सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ।

राजनीतिक सहमतिलाई प्रभावकारी बनाइने

बैठकले कांग्रेस सभापति एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाका नेतृत्वमा सरकार गठन गर्न समर्थन गर्ने सबै राजनीतिक दल, राजनीतिक दलका नेता र प्रतिनिधिसभाका सदस्यबीचको राजनीतिक सहमतिलाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ। साथै संविधान र लोकतन्त्रको रक्षार्थ राजनीतिक दलबीच समान धारणाका साथ अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्नका लागि दाबी गर्न आह्वान गरेअनुसार राजनीतिक दल र दलका नेताहरुको सहमतिबमोजिम कांग्रेसका सभापति देउवाले बहुमत सदस्यका समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा जनाइएको छ। ‘राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा सदस्य देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेको विषय संविधानको धारा ७६ (५) विपरीत भएको कुरामा यो बैठक स्पष्ट छ। राष्ट्रपति र माननीय प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक निर्णयकाविरुद्ध हामी संवैधानिक उपचारका लागि सर्वोच्च अदालतमा गएका छौं’, विज्ञप्तिमा उल्लेख छ।

संविधानको व्यवस्थाबमोजिम १३६ प्रतिनिधिसभा सदस्यको समर्थन प्रधानमन्त्री नियुक्त गर्न पर्याप्त हुने अवस्था रहेको र सांसद देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने दाबीमा प्रतिनिधिसभाका बहुमत सदस्य १४९ जनाको हस्ताक्षरसमेत रहेको कांग्रेसले स्पष्ट पारेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
खोप केन्द्रमा ७७ वर्षीय राईको त्यो पाँच घण्टाको छटपटी…

हुन त उनको पालो आओस् पनि कसरी? उनको नाम कागजमा टिपेर सुटुक्क भित्र पुर्‍याई खोप कार्डमा नाम लेखेर बाहिर ल्याइदिने

गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको