मनसुनी विपद जोखिम न्यूनीकरण र व्यवस्थापनबारे छलफल


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं-

गैरसरकारी संस्था महासंघ नेपालले बाढी, पहिरो र डुबानजस्ता मनसुनी विपद न्यूनीकरण र व्यवस्थापन गर्नेबारे सरोकारवालासँग छलफल गरेको छ।

प्राकृतिक प्रकोपका कारण वर्षेनि जनधनको क्षति उच्च हुँदै आएकोर यो वर्ष मनसुन सक्रिय भइसकेको एवं विगत वर्षमा भएका क्षति र प्रतिकार्यका अनुभवका आधारमा आवश्यक तयारी गरे सम्भावित क्षति न्यूनीकरण गर्न सकिने छलफलको निष्धर्ष छ।

रााज्यका तर्फबाट भइरहेका तयारी, बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक प्रकोपको सम्भावना, समाज कल्याण परिषदको संघसंस्था सहजीकरणको तयारी, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको तयारी, संघसंस्थाका भूमिकाको समीक्षा र आगामी दिनको तयारी विषयमा छलफल भएको थियो।

छलफलमा जल तथा मौसम विज्ञ धर्म उप्रेतीले यसपालि अघिल्लो वर्षभन्दा दुई दिनअघि नै मनसुन सक्रिय भएको बताए। उनका अनुसार ९० देखि १ सय २० दिनको बीचमा धेरै पानी पर्ने जोखिम हुन्छ। पाँच दिनमा विषेशगरी बागमती प्रदेशमा सबैभन्दा बढी पानी परेको छ।

‘यो अवस्थामा हामी सचेत हुन जरुरी छ। अहिलेको प्रमुख आवश्यकता भनेकै सूचनाको पहुँच र जोखिम नियन्त्रणको पूर्वतयारी हो,’ उनले भने, ‘नेपाल टेलिकम, एनसेलजस्ता सूचना प्रवाह गर्ने संस्थाले एसएमएस पठाउने तर त्यो सूचनाको पहुँच सबै ठाउँमा हुँदैन। विपदका बेला कसरी जोगिने भन्नका लागि नागरिकले समयमै सूचना प्राप्त गर्नु आवश्यक छ।’

विपद जोखिम न्यूनीकरण प्राधिकरणका उपसचिव वेदनिधि खनालले वर्षायाममा पनि सडक बनिरहनु, खोला नजिक घर बनिरहनु, अव्यवस्थित बस्ती, प्लटिङ बढिरहनु, नदीको बहाव क्षेत्र अतिक्रमण भइरहनु, डढेलो लगायत कारण प्राकृतिक विपत्ति उत्पन्न हुने गरेको बताए।

सरकारले खुला स्थान पहिचान गरी प्रणालीमा राखेको, पीडितलाई घर बनाइदिने तयारी भइरहेको, हेलिप्याड, बारुण यन्त्र पनि प्रणालीमा ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए।

जोखिम न्यूनीकरण र विपद व्यवस्थापनमा विपदको सम्भावनाभन्दा पहिला सूचना पु¥याउन सके जोखिम केही हदसम्म नियन्त्रण हुन सक्ने नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले बताए । सबै मिडियाकर्मीलाई सुरक्षित रहेर समाचार संकलन गर्न उनले अनुरोध गरे।

त्यसैगरी अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले राज्य र अन्य निकायले पनि अपांगता भएका व्यक्तिको सुरक्षालाई ध्यान दिंदै विपदका बेला विशेष योजना बनाउन पर्ने माग गरे। अपागंता भएका व्यक्ति विपदमा धेरै नै प्रभावित हुने उनले बताए।

‘विपदमा चामल, त्रिपालका कुरा गरेका हुन्छौं। अपांगता भएका व्यक्तिका लागि धेरै सामग्री चाहिन्छ तर त्यसको कुरा गरिएको हुँदैन,’ उनले भने, ‘सूचना पनि अपांगतामैत्री छैनन्। सरकारले जारी गरेका सूचनामा पनि अपांगता भएका व्यक्तिको पहुँच हुँदैन। विपद आउँदै छ है भनेर साइरन बजेको बहिरा व्यक्तिले थाहा पाउँदैनन्। बाढी आइरहेको दृष्टिविहीनले देख्दैनन्।’

गैसस महासंघ नेपालका अध्यक्ष जितराम लामाको अध्यक्षतामा भएको छलफलमा विभिन्न सरकारी तथा गैरसरकारी निकायका सरोकारवालाको उपस्थिति थियो। व्यापारी र भूमाफियाले गरिरहेको काम सरकारले रोक्न आवश्यक रहेको उनीहरूको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले