मेची अभियानले हस्तान्तरण गर्‍यो पाँच वटा कन्सन्ट्रेटर


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


झापा–मेची अभियानले झापाका तीन वटा स्वास्थ्य संस्थालाई पाँच वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। बुद्धशान्ति गाउँपालिकाको आइसोलेसन सेन्टरलाई दुई, मेचीनगरको धाइजन स्वास्थ्य चौकीको आइसोलेसनलाई एक र मेची आम्दा अस्पताललाई दुई वटा कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो।

मेची अभियानका परिकल्पनाकार विश्वप्रकाश शर्माले ती कन्सन्ट्रेटर हस्तान्तरण गरेको अभियानका संयोजक विजय डालमियाले बताए। एक पटकमा दुई जनाले प्रयोग गर्न मिल्ने एउटा कन्सन्ट्रेटरको मूल्य तीन लाख रुपैयाँभन्दा बढी पर्ने जनाइएको छ। ती कन्सन्ट्रेटर करुणा फाउन्डेसनले उपलब्ध गराएको हो। बुद्धशान्ति गाउँपालिकाको आइसोलेसन सेन्टरमा चार जना र धाइजन स्वास्थ्य चौकीको आइसोलेसनमा एक जना कोभिडका सक्रिय संक्रमित उपचाररत छन् यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको पहलमा २५ वटा कन्सन्ट्रेटर आउने जनाइएको छ। पहिलो चरणमा पाँचवटा आएको संयोजक डालमियाले बताए।

आवश्यकता हेरेर जिल्लाका सरकारी स्वास्थ्य संस्था र बाहिरी जिल्लामा समेत हस्तान्तरण गरिनेछ। मेची आम्दामा र धाइजनको नगर प्रमुख विमल आचार्य र बुद्धशान्तिमा गाउँपालिका अध्यक्ष रमेश भूजेललाई हस्तान्तरण गरिएको हो। मेची अभियानले जिल्लामा अहिले कोभिडसँगै ननकोभिडलाई सघाऔँ अभियान चलाएको छ।

सो अभियानअन्तर्गत मेचीनगर नगरपालिकाका १५ वटै वडा, खुदुबाबारी, झापा र गौरीगञ्जमा स्वयंसेवक समूह बनाएर मिर्गौला, उच्च रक्तचाप, मधुमेह र मुटु (केएचडिसी) रोगका बिरामीलाई सेवा दिइरहेको छ। बिरामीलाई जुममार्फत् सम्पर्क गराएर टेलिमेडिसिन सेवा उपलब्ध गराइरहेको अभियानका सचिवालय संयोजक पुष्पराज पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु