बागीलाई क्रियाशील सदस्यता नदिन कांग्रेसको परिपत्र


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं

१४ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसभित्र छानबिन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाउने प्रस्ताव गरिएको छ।शुक्रबार बसेको पदाधिकारी बैठकले यस्तो प्रस्ताव गरेको हो।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट प्रस्ताव भएको क्रियाशील सदस्यतासम्बन्धी कार्यतालिका अनुमोदन गर्ने तयारी छ।

अधिकांश जिल्लाबाट क्रियाशील सदस्यहरूको विवरण आइसके पनि बारा, सप्तरी, सिन्धुपाल्चोक, डँडेलधुरा, रूकुम पश्चिम र धनुषा १ मा वितरण हुनसकेको छैन।

यसबाहेक कतिपय स्थानमा क्रियाशील सदस्यता वितरण गर्न छुटसमेत भएको बताइएको छ।

छुट क्रियाशील सदस्यता नवीकरणको विवरण तत्काल पठाउन कांग्रेसले सम्बन्धित जिल्लामा परिपत्र गरेको छ। जिल्लामा पठाइएको पत्रमा क्रियाशील सदस्यता वितरणमा कडाइ गर्न भनिएको छ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने विद्रोही वा बागी बनेका व्यक्तिलाई क्रियाशील सदस्यता नदिन परिपत्र गरिएको हो।

‘क्रियाशील सदस्य रहेका कुनै व्यक्तिको नवीकरण गर्न छुट भएको भए पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेको वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक समर्थक बनेको, पार्टी अनुशासनको कारबाहीमा परेको, पार्टी परित्याग गरेको बाहेकको नवीकरण गरी असार ९ गतेभित्र पठाउन अनुरोध छ,’ क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले जिल्ला कार्यसमितिलाई पठाएको पत्रमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप