महाकालीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


कञ्चनपुर–केही दिनदेखि लगातार परेको वर्षाले महाकाली नदी र अन्य खोलामा पानीको बहाव बढेको छ। दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा–कञ्चनपुर बग्ने महाकाली नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका हुन्।

बैतडी, दार्चुला र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन्। महाकालीमा पानीले खतरा तह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए। ‘केही दिनदेखि लगातार वर्षा भइरहेको छ’, उनले भने, ‘महाकालीमा पानीको बहाव घटबढ हुने भएकाले तटीय क्षेत्रमा नजान आग्रह छ।’

महाकालीमा दार्चुलाको दत्तुमा राखिएको जल मापन केन्द्रमा जल सतहले खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त नदीमा शुक्रबार बिहान पानीको बहाव बढेर ५८० सेन्टिमिटर पुगेको दत्तु प्रहरी चौकीले जनाएको छ।

साथै लगातार वर्षा भइरहेकाले जिल्लाका अन्य खोलामा पनि बाढी आउनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका महाकाली नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।