उत्तर कोरियामा भोकमरी, एक किलो केराको मूल्य ५ हजार!


विचार
आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता


काठमाडौं–उत्तर कोरियाली नेता किम जोङ उनले देशमा भोकमरीको स्थिति सिर्जना भएको पहिलोपटक औपचारिक रुपमा स्वीकार गरेका छन्।

पार्टीका वरिष्ठ नेताहरुको बैठकमा उनले खाद्य स्थिति अब तनावपूर्ण हुँदै गएको बताएका हुन्। गत वर्ष आँधीका कारण आएको बाढीका कारण कृषि उत्पादनको लक्ष्य हासिल गर्न नसकेको उल्लेख गर्दै उनले भोकमरीको स्थिति सिर्जना भएको बताएका हुन्।

समाचारहरुमा जनाइएअनुसार उत्तर कोरियामा महंगीले आकाश छोइरहेको छ। समाचार संस्था एनके न्यूजका अनुसार केरा प्रतिकिलो ४५ डलर (५ हजार रुपैयाँभन्दा बढी) मा बिक्री भइरहेको छ।

विशेषगरी कोरोना महामारीका कारण उत्तर कोरियाको स्थिति अझ संकटपूर्ण भएको बताइएको छ। उत्तरकोरिया खाद्यपदार्थ तथा इन्धनमा चीनसँग निर्भर छ। तर कोरानाका कारण चीनसँगको सीमा लामो समयदेखि बन्द छ।

यस्तै, परमाणु कार्यक्रमका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत