‘स्मार्ट लकडाउन’ के हाे?, सरकारलाई थाहा छैन!


विचार
आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता


काठमाडाैं-

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बुधबार बसेको बैठकले अबको ‘लकडाउन’ को मोडल ‘स्मार्ट’ हुने निर्णय गर्‍याे। संक्रमणको स्थिति मध्यनजर गर्दै भीडभाड कम हुने गरी बजार खुलाउने तयारी सिसिएमसीको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल निषेधाज्ञालाई खुकुलो बनाउन नहुने सुझाव दिँदै आए पनि सिसिएमसीले जनस्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै खुलाउने निर्णय गरेको हो।

तर, ‘स्मार्ट लकडाउन’ के हो भन्नेबारे स्वास्थ्य मन्त्रालयलाई समेत जानकारी छैन। मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले यसबारे मन्त्रालयलाई समेत जानकारी नभएको बताए।

‘सिसिएमसीले हामीसँग पनि छलफल गरेको छैन। त्यसैले स्मार्ट लकडाउन केलाई भनिन्छ भन्नेबारे हामीलाई पनि थाहा छैन,’ उनले भने।

त्यस्तै, सिसिएमसीका सदस्य तथा स्वास्थ्य विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले स्वास्थ्य मापदण्डलाई ख्याल गरेर बजारलाई केही सहज बनाउनका लागि तयार गरिएको एकखालकाे माेडल भएकाे बताए।

भीडभाड तथा सभाहरूलाई निषेध गर्दै अन्य यातायात, बजार तथा उद्योगहरू केही समयका लागि खोल्न दिने भनिएको उनले बताए।

‘यातायातमा पनि जोरबिजोर प्रणाली लगाउने, बजार निश्चित समयका लागि मात्र खुलाउने व्यवस्था मिलाउन लागिएको र यसबाट संक्रमण कम पनि गराउन मद्दत गर्ने भएकाले स्मार्ट लकडाउन नामकरण गरिएको हुन सक्छ,’ उनले भने।

एक साताको निषेधाज्ञापछि मात्र स्मार्ट लकडाउन लागू गर्ने र संक्रमण कम हुने वा नहुने विश्लेषण गर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत