कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं – बिहीबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्न लागेको हो। बैठकमा १४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि बिहीबारदेखि छलफल जारी छ।

बिहीबारको बैठकमा पार्टीको तल्लो तहको अधिवेशन साउन १२ गतेदेखि सुरू गर्न प्रस्ताव गरिएको छ। यसअघि शनिबार बसेको पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहको अधिवेशन सुरू गर्न प्रस्ताव गरेको थियो।

महाधिवेशन गर्न हरेक पटकजस्तै अहिले पनि क्रियाशील सदस्यता विवाद बल्झिएको छ। पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद समाधान गरेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाउन प्रस्ताव गरेको छ। सभापतिबाट हस्ताक्षर भइ असार २४ गतेभित्र क्रियाशील सदस्यहरूको नामावली पार्टीको निर्वाचन समितिलाई बुझाउनु पर्नेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।