युइएफएको चेतावनी : प्रायोजकका बोतल हटाए कारबाही


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – युरोकपमा सहभागी टोलीका खेलाडीले प्रेस कन्फ्रेन्सका दौरान अगाडि राखिएका पेय पदार्थका बोतल हटाए कारबाही हुने भएको छ। युरोपेली फुटबल महासंघ (युइएफए) ले प्रायोजकका बोतल खेलाडीले हटाए टोलीमाथि जरिवाना लगाइने चेतावनी दिएको छ।

केही दिनअघि प्रेस कन्फ्रेन्स भइरहँदा क्रिस्टियानो रोनाल्डो र पाउल पोग्बाले प्रायोजकका बोतल आफ्नो अगाडिबाट सारेका थिए।

गत सोमबार पोर्चुगलका कप्तान रोनाल्डोले आफ्नो अगाडि रहेका कोकाकोलाका दुई बोतल हटाउँदै पानी पिउन आग्रह गरेका थिए। त्यसको अर्को दिन फ्रान्सका मिडफिल्डर पोग्बाले हेइनकेन वियरको बोतल अगाडिबाट हटाएका थिए।

यस्तै इटालीका म्यानुयल लोकाटेलीले पनि बुधबार कोकाकोलालाई हटाउँदै पानी राखेका थिए।

यस्ता घटना बारम्बार दोहोरिन थालेपछि आयोजकले प्रायोजक प्रतियोगिताका लागि एक अभिन्न अंग भएका भन्दै खेलाडीलाई त्यसो नगर्न उनीहरुको फुटबल संघमार्फत सचेत गराएको छ।

प्रतियोगिता आयोजनाका निर्देशक मार्टिन केलेनले खेलाडीलाई व्यक्तिगतरुपमा सचेत नगराएर संघमार्फत गराउन लगाइएको बताए। उनले खेलाडीले बारम्बार त्यस्तो गल्ती गरे अनुशासनको कारबाही गरिने र त्यस्तो कारबारी खेलाडीलाई नभइ संघमाथि गरिने बताए।

‘हामी खेलाडीलाई सोझै जरिवाना तिराउँदैनौं। न त कुनै अन्य कारबाही नै गर्छौं। हामीले गर्ने भनेको सम्बन्धित खेलाडीको राष्ट्रका संघमाथि हो। उनीहरुले चाहे आफ्ना खेलाडीलाई अन्य कुनै कारबाही गर्न सक्छन्। तर, हामी त्यसो गर्दैनौं।’, केलेनले भने।

स्पेनिस मिडिया मार्काका अनुसार रोनाल्डोले गरेको क्रियाकलापले कोकाकोला कम्पनीले आफ्नो शेयर मूल्यमा अर्बौं डलरको घाटा बेहोर्नु परेको थियो। मार्काका अनुसार कोकाकोला कम्पनीको ब्राण्ड भ्यालु २४२ बिलियनबाट घटेर २३८ अर्ब भएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’