उत्तर कोरियाका राष्ट्रपति किम जोङले भने : देशमा गम्भीर खाद्य संकट आइलाग्यो


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले पहिलो पटक आफ्ना देशले भोकमरीको सामना गरिरहेको स्वीकार गरेका छन्। आफ्ना पार्टीका वरिष्ठ नेताको बैठकमा उनले नागरिकहरु भोकमरीका कारण पीडित भएको बताएका हुन्।

उनले देशको सत्ताधारी वर्कर्स पार्टीको महत्वपूर्ण सेन्ट्रल कमिटी बैठकमा देशमा देखिएको चरम खाद्य संकटमाथि चर्चा गरेका थिए। जुन यसै साता राजधानी प्योङयाङ्गमा सुरु भएको थियो।

उनले कृषि क्षेत्रबाट लक्ष्यअनुरुपको उत्पादन हासिल गर्न नसकेको कारण यस्तो परिस्थिति सिर्जना भएको बताए। गत वर्ष आँधीसँगै आएको बाढीले त्यहाँको बालीनाली सखाप पारेको थियो।

उत्तर कोरियाको समाचार संस्था एनके न्युजले देशमा खाद्यान्न सामाग्रीको मूल्यवृद्धिले आकाश छुन थालेको बताएको छ। त्यहाँ एक केजी केराको मूल्य करिब ५ हजार पुगेको छ। कोरोनाले त्यहाँको अवस्था झनै गम्भीर बनाएको छ। अन्य देशसँगका सीमानाका बन्द भएपछि अभाव अझै बढ्न थालेको छ।

उत्तर कोरियाले खाद्यान्न, मल तथा इन्धनका लागि चीनमा निर्भर रहेको छ। तर, अहिले दुई देशबीचको व्यापार कोरोनाले ठप्प बनाएको छ। यतिमात्र होइन उसले विभिन्न देशसँग व्यापार प्रतिबन्धसमेत बेहोरिरहेको छ।

उनले पछिल्लो वर्षहरुमा कृषि उत्पादनमा केही कमी आएपनि औद्योगिक उत्पादन भने बढेको बताए। बैठकमा दक्षिण कोरिया र अमेरिकासँगको विवादमाथि छलफल हुने बताइएपनि यसबारे बाहिर केही आइसकेको छैन।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज

उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य जे जति हल्ला व्याप्त भए पनि यस देशमा केही मानिस

मन्त्रिपरिषद् निर्णयः भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मंगलबारकाे बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई