इरानमा राष्ट्रपति चुनाव आज : रुहानीपछि कसले सम्हाल्ला कुर्सी


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – इरानमा नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदैछ। राष्ट्रपतिका लागि चारजनाको उम्मेदवारी परेको छ।

ओपिनियन पोल्सको अनुमान अनुसार सिया मौलवी र सर्वोच्च अदालतका प्रमुख इब्राहिम रइसमध्ये एकजनालाई राष्ट्रपतिका लागि चुनिने सम्भावना बढी छ। रइसका मुख्य प्रतिद्वन्द्वीका रुपमा केन्द्रीय बैंकका पूर्वगभर्नर अब्दुलनासेर रहेका छन्।

कतिपय असन्तुष्ट पक्ष र सुधारवादीले चुनाव वहिष्कार गरेका छन्। उनीहरुले रइसलाई जिताउन केही उम्मेदवारलाई चुनावी मैदानबाट निकालेको आरोप लगाएका छन्।

ट्रम्प प्रशासनले सन् २०१७ मा इरानसँग परमाणु सम्झौता तोडेको थियो। त्यसपछि उसले इरानमाथि धेरै कुरामा प्रतिबन्ध पनि लगाएको छ। जसलेगर्दा इरानका नागरिकले गम्भीर आर्थिक संकट बेहोर्दै आइरहेका छन्। यसबीच सरकारसँग उनीहरु रुष्ट पनि बनेका छन्।

वर्तमान राष्ट्रपति हसन रुहानीलाई नरम छविका राष्ट्रपतिका रुपमा लिइन्छ। उनी पश्चिमा देशसँगको सम्बन्ध सुधार गर्ने विषयमा छलफल गरिरहेका छन्। तर, दुई कार्यकाल राष्ट्रपति भइसकेकाले उनी तेस्रो कार्यकालका लागि भने उम्मेदवारी दिन पाउँदैनन्।

राष्ट्रपतिका लागि लगभग ६०० जनाको उम्मेदवारी परेको थियो। जसमा ४० महिला पनि थिए। तर, गार्डियन काउन्सिलबाट गत महिना ७ पुरुषलाई उम्मेदवारका रुपमा मान्यता दिइयो। यो काउन्सिल रुढीवादी मानिन्छ। काउन्सिलमा १२ सदस्य रहेका छन्। जसले रुहानी कार्यकालका पहिलो उपराष्ट्रपतिलगायतलाई समेतलाई चुनाव लड्ने अनुमति दिएन।

यदी, पहिलो चरणमा ५० प्रतिशत भोट कसैले पनि प्राप्त गर्न नसकेमा पुन: रनअफ चुनाव हुनेछ। इरानमा करिब ५ करोड ९० लाख मतदाता रहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला