सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन [पूर्णपाठ]


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासलाई १५ बुँदे जवाफ पठाउँदै सभामुख सापकोटाले सिद्धान्ततः संसदलाई बिजनेस सरकारले दिने भए पनि आफ्नो दुषित मनसाय पूर्ति गर्ने संसदलाई सरकारले कुनै बिजनेस नदिएको र सार्वभौम संसदको आवश्यकता नै नभएको पुष्टि गर्ने दुस्प्रयास गरिएको जनाएका छन्।

उनले संसदीय अभ्यास भएका मुलुकमा संसद विघटन गर्दा अनिवार्य रुपमा सभामुखसँग परामर्श गरेको तथ्य रहेको र नेपालमा समेत यस्तो परम्परा विगतमा पछ्याइने गरिएकोमा पुस ५ र जेठ ८ गते दुवैपटक समाभुखसँग परामर्श नगरी संसद विघटन गरिनु संसदीय परम्पराविपरीत रहेको उल्लेख गरेका छन्।

संसदको दुवै सदनको संयुक्त बैठकमा जेठ महिनाको १५ गते पेश हुने वार्षिक बजेटका लागि संघीय संसदको अधिवेशनको तयारी भई रहेको अवस्थामा जेठ ८ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्बारा गरिएको प्रतिनिधि सभाको हठात् विघटन असंवैधानिक, अलोकतान्त्रिक, असंसदीयमात्र छैन न्यूनतम नैतिक मूल्य मान्यता समेतको प्रतिकूल देखिने उनले जिकिर गरेका छन्।

उनले जवाफमा भनेका छन्, ‘प्रतिनिधि सभा विघटन हुन नसक्ने र संविधानको धारा ७६(५) बमोजिम रिट निवेदनमा उल्लेख भए बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने आधार सहित दाबी प्रस्तुत गरिएको रिट निवेदकको जिकिर उपयुक्त नै रहेकोले संविधानसभा बाट निर्मित संविधानलाई क्रियाशील जीवित र परिणाममुखी हुने गरी सम्मानित अदालतबाट निर्णय हुनसमेत सादर अनुरोध छ ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा