कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका



काठमाडौं
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी एवं पूर्वपदाधिकारीले पेश गरेको प्रस्तावमाथि छलफल सुरू भएको छ।

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू भएको हो।

शुक्रबार पुनः दिउँसो १ बजे बस्ने बैठकले प्रस्तावहरूमाथि टुंगो लगाउने केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले जानकारी दिए।

विहीबारको बैठकमा पार्टीको तल्लो तहको अधिवेशन साउन १२ गतेदेखि सुरू गर्न प्रस्ताव गरिएको छ। यसअघि शनिबार बसेको पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहको अधिवेशन सुरू गर्न प्रस्ताव गरेको थियो।

‘पदाधिकारी बैठकले गरेका निर्णयहरू महामन्त्री पूर्णबहादुर खड्काले आज पेश गर्नुभयो,’ ढुंगानाले आयोमेलसँग भने,‘छलफल सुरू भएको छ। साथीहरूले राय दिनुभएको छ। भोलि बस्ने बैठकबाट कार्यतालिका हेरफेर गर्ने विषयले अन्तिम रूप पाउँछ।’

महाधिवेशन गर्न हरेक पटकजस्तै अहिले पनि क्रियाशील सदस्यता विवाद बल्झिएको छ। पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद समाधान गरेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाउन प्रस्ताव गरेको छ। सभापतिबाट हस्ताक्षर भइ असार २४ गतेभित्र क्रियाशील सदस्यहरूको नामावली पार्टीको निर्वाचन समितिलाई बुझाउनु पर्नेछ।

क्रियाशील छानबिन समितिका सदस्यसमेत रहेका ढुंगाना संशोधित कार्यतालिका अनुसारै क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान हुने बताए।

‘युद्धस्तरमा काम भइरहेको छ, अहिले राति पनि हामी पार्टी कार्यालयमा बसेर क्रियाशील सदस्यताकै काम गरिरहेका छौं,’ उनले भने,‘तोकिएकै कार्यतालिका अनुसार काम सकिन्छ। क्रियाशील सदस्यताका कारण महाधिवेशन प्रभावित हुन दिन्नौं।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज